होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • गौमुलमा पहिलो पटक छायाङ्कन भएको देउडा गीत सार्वजनिक
भिडियो

गौमुलमा पहिलो पटक छायाङ्कन भएको देउडा गीत सार्वजनिक

  • नागरिक रैबार
गौमुलमा पहिलो पटक छायाङ्कन भएको देउडा गीत सार्वजनिक

नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्लाको गौमुल गाँउपालिकाको सम्पुर्ण भेषभुषा, कला,संस्कृति झल्काउने गरी निर्माण गरिएको मनिसा दानी र गगन बोहराको देउडा गीत गौैमुलको चेलो भिडियो सहित सार्वजनिक भएको छ ।

राम बहादुर दानीको शब्द संगीत्मा तयार पारिएको उक्त गीतको निदेशन धन बहादुर बि.सीले गर्नु भएको छ भने छायाङ्कन स्वयम राम बहादुर दानीले गर्नु भएको छ । गौमुल गाँउपालिक प्रवेश गर्ने घटमुना पुल देखी गाँउपालिकाको कार्यालय र गाँउपालिकाका प्रमुख उप प्रमुख सहितको चित्रण गरेको सो भिडियोमा गौमुल गाँउपालिकाकोे कार्यालय देखि अम्लिस गाँउ सम्मका सबै दृष्यहरु देखाइएको छ भने गौमुल गाँउपालिकामा उत्पादन हुँने भाँगो, अल्लोबाट बनेका कपडाहरुको दृष्यका साथै गौमुल गाँउपालिकामा उत्पादन हुँने सिमीको समेत दृष्य देखाइएको छ । वडा नंंं ३ को कार्यालय अम्लिसको वडा कार्यालयमा देउडा खेलको छायाङ्कन भएको थियो ।

सेती महाकाली म्युजिक प्रालिको प्रस्तुतीमा रहेको सो गीतमा राजेश कुमारले सम्पादन गर्नु भएको छ । भिडियोमा केही सवाल जवाफका शब्दहरु संकुचित सोचाइका कारण केहि समय बिवालदमा ल्याँउने प्रयास गरिएता पनि गीतमा मौलिक भाष,संस्कृति,भेषभुषा समेटिएकोले थप गौमुलको संस्कृति भल्काउने भएकोले यसमा कोही कसैले विरोध गरेर जित्न नसक्ने कुरा गीतका संगीतकार राम बहादुर दानीको भनाइ रहेको छ । सामान्यतया गीतमा सवाल जवाफमा केटा केटी विच ठट्यौली शब्दहरु प्रयोग हुँने गर्दछन ।

विज्ञापन

यसरी पहिलो पटक स्थानिय तह पश्चात गाँउपालिकाको परिवेशका साथै स्थानिय जन प्रतिनिधीहरु पर्दामा ल्याउन प्रयास गरेकोमा गौमुल गाँउपालिकाका प्रमुख हरी रोकाया, उप प्रमुख सीता थापा र वडा नंं ३ का वडा अध्यक्ष बल बहादुर रोकायाले धन्यबाद दिएको गायिका मनिसा दानीको भनाइ रहेको छ । सेती महाकाली म्युजिक प्रा.लि.ले उत्पादन गरेको सो गीत बिषेश फ्ल्मिस्को युटुव मार्फत सार्वजनिक भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार