होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलका कृषक १० दिने कृषि भ्रमणमा
समाचार

गौमुलका कृषक १० दिने कृषि भ्रमणमा

  • नागरिक रैबार
गौमुलका कृषक १० दिने कृषि भ्रमणमा

प्रमित बि.क/बाजुरा २१ मंसिर । जिल्लाको गौमुल गाउँपालिका कृषि शाखा र पशु शाखा घट्मुनाको आयोजनामा गौमुल गाउँपालिकाका ६ वडाका कृषकहरु १० दिने कृषि भ्रमणमा गएका छन् । “आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार जडीबुटी, पर्यटन प्रर्वद्धन र सहकारी मार्फत कृषिजन्य व्यापार” भन्ने मुल नाराका साथ कृषकलाई कृषि भ्रमणमा लागिएको हो ।

कृषकहरुको विगतका दिनहरुमा क्षमता विकास तथा थप व्यवसायिक बनाउनाको लागी कृषि प्रसारको महत्वपुर्ण माध्यम भनेको नै कृषक भ्रमण भएकोले कृषक कृषि भ्रमणमा जान लागेका हुन । कृषकहरुले प्रत्यक्ष देखेर त्यहाको अनुभवलाई आफ्नै घर तथा समुदायमा प्रविधि फैलाउन सक्छन् भन्ने मुख्य उद्देश्यले गौमुल गाउँपालिका वडा भित्रका करिब ३० जना कृषक मंसिर २१ देखि ३०गते सम्म देशका बिभिन्न ठाउमा भएका कृषि फर्महरुको अवलोकन गर्न जाने गौमुल कृषि शाखा प्रमुख रमेश बि.कले बताउनुभएको छ ।

विज्ञापन

कृषि तालिम तथा भ्रमण अवलोकनका क्रममा विभिन्न ठाउँमा भएका चिया खेती, दुध उत्पादन, अदुवा खेती, अलैचि खेती लगायतका बिभिन्न कृषि फर्महरुको अवलोकन गराईने गौमुल कृषि शाखा सहायक दिपेन्द्र सार्कीले बताउनुभएको छ ।
गौमुल गाउँपालिकामा पछिल्लो समय कृषि पेसामा लाग्ने कृषकहरुको संख्यामा बृद्धि हुन थालेको भन्दै भ्रमणका लागी रकम बिनियोजन गरेको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ ।

अवलोकन गरेको ठाउँबाट नयाँ नयाँ प्रविधिको अवलम्वन भैरहेको र अनुभव तथा सिकेर आफ्नो ठाउँमा कृषकलाई कृषिमा कसरी विस्तार गर्ने भन्ने उद्देश्यले गाउँपालिकाले कृषक भ्रमको आयोजना गरेको रोकायाले बताउनुभएको छ ।
गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाको अध्यतामा संचालन भएको कृषि अध्यान अवलोकनको औपचारिक कार्यक्रममा गौमुल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बल बहादुर रोकाया, गौमुल गाउँपालिका नेकपाका संगठन कमिटी अध्यक्ष देब बहादुर रोकाया लगायतको सहभागिता रहेको थियो ।

शुभकामना मन्तब्य राख्दै गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले भ्रणमा जाने कृषकहरुले आफुले प्रत्यक्ष देखेका कुराहरुलाई आफ्नो समुदायमा सिकाउने हुनु पर्ने बताउनुभएको छ । अध्यन अवलोकन गरेको ठाउँबाट कसरी फाईदा लिन सक्छौ र सिकेका कुराहरुलाई गाउँपालिका र आफ्नो व्यक्तिगत जिवनमा कृषिलाई कसरी लागु गर्ने तथा आफु आत्मनिर्भर कसरी बन्ने भनेर भ्रमणमा जाने कृषकहरुले आफैले सोच्नु पर्ने बताउनुभएको छ । भ्रमणको नाममा मनोरञ्जनाका रुपमा नलिई उपलब्धीमुलक हुनुपर्ने कृषकलाई आग्रह गर्नु भएको छ । भ्रमणले आधुनिक कृषि प्रणालिका बिषयमा बिशेष ज्ञान हुने आयोजकको विश्वास छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार