होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ गैरीबजारका २४ वर्षिया लालबहादुर विक भारतको दिल्लीस्थित रानीवाग महेन्द्र पार्कबाट सोमबार बेपत्ता भएका छन् । टाउकोको उपचारका लागि डेढसाता अघि मात्र बाजुराबाट भारत गएका विक सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएको उनका आफन्त रोहित चंदाराले बताएका छन् । आफन्त चंदाराका अनुसार विक सोमबार दिउसो ४ […]
काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले […]
१६ भदौ, काठाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको […]
काठमाडौं : बितेको आर्थिक वर्षमा मुलुकले दुई खर्ब ६५ अर्ब ३७ करोड घाटा बेहोर्नु परेको छ । गत आर्थिक वर्ष २०७५–७६ मुलुकको चालु खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । यो घाटा गत आर्थिक वर्षमा विदेशी विनिमय कारोबारको आँकडा हो । चालु खाताअन्तर्गत वस्तु र सेवा व्यापार […]
बझाङ, १५ भदौ । सुरेश सुनार देशभरकै कान्छा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन । मोरङबाट सरुवा भएर बझाङ आएपछि उनले जनताको हितमा उल्लेख्य काम गरे । सडक निर्माणमा जनप्रतिनिधिको भन्दा जनताको साथ दिएको निहुँमा उनलाई जनप्रतिनिधिले जिल्लाबाटै लखेटे । उनको सरुवा भयो । तर गज्जवको पक्ष, उनको बिदाइ दुलही अन्माउदा भन्दा फरक भएन । जनप्रतिनिधिले […]
काठमाडौं- बुढीगंगा जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआइए) प्रतिवेदन तयार भएको छ। विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको स्मेक इन्टरनेश्नल/उदय कन्सल्टेन्टले तयार पारेको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनलाई अन्तिमरुप दिन वन तथा वातावरण मन्त्रालयले सर्वसाधारणको रायका लागि सार्वजनिक सूचना जारी गरेको छ। भदौ १० गते ३० दिनको सूचना जारी गर्दै आवश्यक राय सुझाव दिन मन्त्रालले […]
करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ। आइतबार जिल्लाको भजनी नगरपालिका वडा नम्बर ४ कुडीका ३० बर्षिय चन्द्रलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घोडाघोडी नगरपालिकाको वडा नम्बर १ सुख्खडमा रहेको घोडाघोडी बहुमुखि क्याम्पस नजिकै विद्युतको पोलमा चढेर ईन्टरनेटको तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा […]
धनगढीमा १० करोडको लगानीमा अत्याधुनिक वर्कशव सञ्चालनमा ल्याईएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर २ को लोकेन्द्र मोहन मागर्मा टु–स्टप अटो वर्कसप प्रालि सञ्चालनमा ल्याईएको हो। वर्कसपको आज एक कार्यक्रमकाबिच सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरे। १० करोडको लगानीमा निर्माण भएको वर्कसप सुदूरपश्चिमको पहिलो र अत्याधुनिक भएको दावी गरिएको छ। वर्कसपका प्रवन्ध निर्देशक अभियान खड्काले […]
कञ्चनपुरमा अनौठो शिशु जन्मिएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीय महिलाले अनौठो शिशु जन्माएकी हुन्। गयराति उनलाई अस्पताल लैजाने क्रममा बाटोमा नै शिशु जन्मिएकी थिईन्। बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी आमालाई स्वास्थ्य केन्द्रले सेती अस्पताल धनगढी रेफर गरेको थियो। आमाको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्य केन्द्रले सेती अस्पतालमा रेफर गरेपछि बाटोमा शिशु जन्मिएको हो। […]
काठमाडौं : बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर […]
काठमाडौं, १३ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो । उहाँले […]
काठमाडौँ, गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आज मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा हुनुभएको छ । उहाँको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आउनुभएको छ । ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर […]
धनगढी, ११ भदौ ।सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।भदौ १५ गते आइतबार थारु समुदायको पर्व अट्वारीका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख […]
कैलाली, भदौ ११ । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो। प्रत्येक स्थानीय तहका एक वडा अथवा […]
डडेल्धुरा : जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका-४ सेरागाडमा म १ ज २१० नम्बरको जीप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका-७ तिम्तोलीका ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। अजयमेरु गाउँपालिकाको देवलदिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जीप भागेश्वरमा दुर्घटना हुँदा ३ जना […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि क्षेत्रका लागि निकै उपयोगी ठाउँ भएकाले यहाँको विकासका लागि कृषिमा बढी लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि […]
सरकारले सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एव्म पर्यटकीय स्थल खप्तडमा रिसोर्ट बनाउने भएको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धर्तीको स्वर्गका रुपमा परिचित भएको खप्तडमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिसोर्ट बनाउने घोषणा गरेको हो। सोमबार आफ्नो कार्य योजना सार्वजनिक गरेका पर्यटन मन्त्री योगेश भट्टराईले खप्तड सहित काठमाडौँ बाहिरका चार गन्तव्यमा रिसोर्ट बनाउने प्रक्रिया अघि बढाउने घोषणा […]
धनगढीमा आयोजित गौरा महोत्सव सोमवार सम्पन्न भएको छ। हाम्रो संस्कृती हाम्रो पहिचान नेपाल नामक संस्थाको आयोजनामा गौरा महोत्सवको आयोजना गरिएको थियो। गौरा महोत्सवको अवसरमा आयोजित डेउडा प्रतियोगितामा कञ्चनपुरको टिम प्रथम भएको छ भने कैलाली गाउँको टिम द्धितिय र तारानगरको टिम तृतिय भएको छ। आयोजक सस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाले सुदूरपश्चिमको भाषा सस्कृतीको प्रवद्र्धन र […]
काठमाडौं : टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो। पत्रकार युवराज कँडेल तीन लाख धराैटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो […]
काठमाडौं, साउन २३ । सशस्त्र प्रहरी बल मुख्यालयले देशभर रहेका सशस्त्र प्रहरीलाई जुनसुकै बेला सुरक्षा चुनौती रहन सक्ने भन्दै परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले बुधबार बाहिनीपतिहरुलाई सुरक्षा चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । नेत्रविक्रम चन्द नेतृत्वले गरेको प्रतिबन्धित नेकपा (विप्लव […]