होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२ भदौ, बुटवल । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा […]
काठमाडौं, भदौं २ । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही दिनअघि मात्र काउन्सिल सदस्यमा नियुक्त भण्डारीलाई यो जिम्मेवारी दिएको हो । श्रेष्ठलाई काउन्सिल सदस्यबाट भने हटाइएको छैन […]
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने […]
काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप सात जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा सोमवार कोरोना मुक्त भएर थप सात जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कञ्चनपुर, बैतडी र बझाङबाट दुई÷दुई र कैलालीबाट एक जना संक्रमितलाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै […]
राप्ती नगरपालिका चितवनको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी […]
दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ । स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका […]
ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालय९ एसईई०ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो […]
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार […]
धनगढी : कोरोना भाइरस(कोभिड –१९)को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन्। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या […]
१ भदौ, वीरगञ्ज । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको […]
१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता […]
धनगढी: विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकाया फेसबुक लाइभमा विक्षिप्त मनोदशामा देखिएकी छिन्। उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलेकी छिन्। उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन्। उनले एक व्यक्तिको नाम लिएरै धम्कीसमेत दिएकी छिन्। ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने रोकायाले खुलाएकी छैनन्। उनी […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले मगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी भइरहेको छ। स्रोतले अन्तिम तयारी भइरहेको र मंगलबारभित्र नतिजा प्रकाशन गरिसक्ने जानकारी दिएकाे छ । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि साहमतिका लागि […]
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापति देउवासँग परामर्श गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जसअनुसार सिन्धुपाल्चोकको जुगल गापाको […]
नागरिक रैबार/बाजुरा १ भदौ । बडीमालिका नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षकको ५ दिनको तलव र जनप्रतिनिधिको ६ दिनको दलव कटाएर बडीमालिकाका बाढी पिडितलाई सहयोग गर्ने निणर्य गरेको छ । नगरपालिकामा आईतबार बसेको ५१ औं नगर कार्यपालिकाको बैठकबाट बाढी पहिरोका कारण घरबास बगाएका, छाना बगाएका एंव जनको क्षती भएका परिवारलाई घाउमा मलम स्वरुप सहयोगका लागि बडीमालिका […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने […]
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले बोलाएपछि नेता रमेश लेखकलाई लिएर नेता देउवा बालुवाटार पुगेका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी छन् । भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या […]
काठमाडौँ — सिन्धुपाल्चोकको जम्बुमा गत असार २५ गते गएको पहिरो निरीक्षण गर्न सबै दलका नेताहरू हेलिकप्टर लिएर गए । हेलिकप्टर लैजान सभामुख अग्निप्रसाद सापकोटा, वाग्मती प्रदेशमा मन्त्रीहरू, प्रदेशसभा सदस्य, सत्ता र प्रतिपक्षी दलका नेता एवं कार्यकर्ताबीच तँछाड–मछाड नै चल्यो । घाइतेलाई एउटै हेलिकप्टरमा राजधानी ल्याउन सकिने भए पनि नेताहरूको होडबाजीका कारण ६ जना घाइतेलाई उद्धार गर्न ५ […]