होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलितसँग विवाह गरेका कारण विभेद गरेको भन्दै माइतीविरुद्ध मुद्दा
समाचार

दलितसँग विवाह गरेका कारण विभेद गरेको भन्दै माइतीविरुद्ध मुद्दा

  • नागरिक रैबार
दलितसँग विवाह गरेका कारण विभेद गरेको भन्दै माइतीविरुद्ध मुद्दा

इलाम । जिल्लाको माई नगरपालिका–बस्ने यामकला विश्वकर्मा (आचार्य) ले जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्दा दर्ता गरेकी छन् । अन्तरजातिय विवाह गरेका कारण बुबाको मृत्यु हुँदा अनुहार हेर्न र सामुहिक काजकिरिया गर्न नदिएको भन्दै उनले मुद्दा दर्ता गरेकी हुन् ।

११ वर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर सोमबार घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका–३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेकी हुन् ।

विवाहपछि आफ्नो माइती पक्षबाट पटक–पटक विभेद र अपमान सहनु परेको स्मरण गर्दै यामकला भन्छिन– “माइती घरमा सँगै बसेर काजकिरिया गर्ने त कुरै छाडौं, मरेर मुडोजस्तो लडाएर राखिएको बुवाको अनुहार समेत हेर्न दिएनन् । दलितसँग विवाह गरेकै कारण मैले
जे सहनु र भोग्नु पर्यो त्यो भावी पुस्ताले भोग्नु नपरोस” उनले भनिन् “म यहाँसम्म न्यायको भिख माग्न आएकी हुँ ।”

विज्ञापन

आफूलाई न्याय दिन र पीडितलाई हदैसम्मको कानुनी कारबाहीको मागसहित यामकलाले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय इलामले सोमबार नै दर्ता गरेको प्रहरी उपरीक्षक नवीनराज राईले बताउनुभयो । घटनाको सत्यतत्य अनुसन्धान गरेर जातीय भेदभाव तथा छुवाछूत
(कसूर र सजाय) ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय इलामको दर्ता नं. २२ मा यामकलाको जाहेरी दर्ता गरिएको प्रहरी निरीक्षक उद्धव पोख्रेलले बताउनुभयो । अधिकारकर्मीको आपत्ति यामकला आचार्य (विश्वकर्मा)लाई दलितसँग विवाह गरेको भन्दै परिवारका सदस्यसँग बुवाको काजकिरिया गर्न नदिएकोमा अधिकारकर्मीले आपत्ति जनाएका छन् । आचार्यलाई मृत्युपछि बुवाको अनुहार हेर्न समेत नदिएको र श्रीमानको घरमा एक्लै काजकिरिया गर्न बाध्य बनाइएको
प्रति आपत्ति जनाएका हुन् ।

२१ औं शताब्दीमा पनि जातीयताको आधारमा भेदभाव गरेको भन्दै कारबाही माग गर्दै मानव अधिकार मञ्च नेपाल, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा इलाम, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् इलाम र उत्पीडित जातीय अधिकार मञ्च इलामले
विज्ञप्तीमार्फत अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार