होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिको दाबी प्रस्तुत गरेपछि नेपाली काँग्रेसमा नयाँ हलचल ल्याएको छ । पछिल्लो समय सर्वसम्मत नेतृत्व चयनको कसरतमा लागेका निधिले गत बिहीबार सभापति शेरबहादुर देउवासँग चौधौँ महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव राखेका थिए । तर देउवाले एक पटक आफै सभापतिमा उठ्ने जवाफ दिएपछि अब निधिले के गर्लान् भन्ने काँग्रेसजनमा […]
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइने छ । त्यस्तै पार्टी भित्रका अन्य […]
काठमाडौं, । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन् । र, अध्यक्षद्धय ओली र दाहालनजिकका दुई दुई जना र बरिष्ठ नेता माधव कुमार नेपाल समूहबाट पनि दुई जना सदस्य […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको जनाएको छ । महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै […]
धनगढीः धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ४२ पुगेको छ। आईतबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका थप एक जनामा कोरोना पुष्टि भएको हो। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ३ की ६१ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताए। उनी मुम्बईबाट भत्ता बुझ्न श्रीमानसँगै धनगढी आएकी थिईन्। उनका श्रीमानको रिर्पोट भने नेगेटिभ […]
१ भदौ, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय […]
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गरेकी छिन् । सो अवसरमा राष्ट्रपतिले उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले नेपाल र बङ्गलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको […]
नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा बाजुराले बाजुरामा गत असार २९ गते देखि साउन २६ गते सम्म आएको भिषण वर्षा र बाढी पहिरोका कारण बाजुराले व्यहोरेको अतुलनीय क्षती र बाजुरेली जनताले हाल भोगिरहेको पीडालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा […]
बाजुरा — बाजुरामा साउन २६ गते बिहान ३ बजे गएको बाढि र पहिरोमा परि बिपत्तीमा परेका पिडीतहरुलाई बडिमालिका मिडिया हाउसको समन्वयमा राहत बितरण गरिएको छ । बिश्व बिख्यात रक्तदाता अर्जुन प्रशाद मैनाली र बाजुरा बडिमालिका नगरपालिका ७ ढम्कने स्थायी बसोबास गर्ने हाल जापानमा रहेका प्रेम बहादुर बोगडीको सहयोग तथा बडिमालिका मिडिया हाउसको समन्वयमा राहत साम्रगी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच १५ मिनेट भएको फोन संवादले सकारात्मक सन्देश दिएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी वर्षौँदेखि भोगचलन गरेकै आधारमा भारतले उक्त भूभागलाई आफ्नो दावी गर्दै आएको छ । तर नेपालले तथ्य र प्रमाणका आधारमा उक्त भूभाग आफ्नो दावी गर्दै नयाँ नक्सा जारी गरेपछि भारत […]
नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल पत्रकार महासंघ बाजुरा शाखाले मिडिया विधेयक संसोधनको माग गरेको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आईतबार बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे मार्फत सुदूरपश्चिम प्रदेशका सभामुखलाई मिडिया विधेयक संसोधनको माग गर्दै प्रेस विज्ञप्ति पेश गरेको हो । नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर वि.क द्धारा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा […]
नागरिक रैबार/बाजुरा ३२ साउन। साउन २५ गते परेको अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका बाढी पिडित परिवारलाई बझाङ्ग-बाजुरा सम्पर्क समितिले सहयोग गरेको । बझाङ्ग-बाजुरा सम्पर्क समितिले बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका २ घाघर र बाढीकै कारण पुल बगाएपछि विस्थापित बनेका गौमुल गाउँपालिका वडा नं. […]
पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए । उनका अनुसार उपत्यकाका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ […]
काठमाडौं । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको थियो । अन्य खोप निर्माण गर्न १० देखि १५ वर्ष लागेकाे थियो । तर अहिले वैज्ञानिकहरु एक वर्षभित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार गर्ने दौडमा छन् । दर्जनौं शोधकर्ताको टोलीले कोरोना भाइरसविरुद्धको खोप बनाउन काम गरिरहेका छन्, जसमा […]
३२ साउन, काठमाडौं । संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ । आइतबार उक्त लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो […]
त्यसबेला चार्टर्ड फ्लाइटको संख्या बढाएको सरकारले भदौ १ बाट नियमित उडान गर्ने मिति तोक्यो । तर, देशभित्र कोरोना जोखिम बढेको भन्दै नियमित उडान १५ दिन पर धकेलेको सरकारले विदेशबाट स्वदेश फर्काउनेको संख्यामा दैनिक ५०० कोटा तोकेको छ । सरकारले दूतावासहरुमार्फत अनुमति पाएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा २०० जनालाई मात्र नेपाल आउन उडान […]
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहानलाई सचिवालय बैठक बोलाएको छ । भोलिबिहान साढे ९ बजेबस्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । भोलिको सचिवालय बैठकले नेकपाको विवाद सुल्झ्याउन बिहीबार गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ । खनालले भने, ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने […]
धनगढी: सुदूरपश्चिमका ८ स्थानीय तहले चालू आर्थिक वर्ष सुरू भएको एक महिना बितिसक्दा पनि बजेट पेस गरेका छैनन्। गत असार १० गतेभित्र नै चालु आर्थिक वर्ष २०७७/७८ को बजेट पेस गरिसक्नुपर्ने कानुनी प्रावधान रहेतापनि ती ती स्थानीय तहले अटेर गरेका छन्। असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजटे नगररगाउँसभामा अनिवार्य पेस गर्नुपर्ने अन्तरसरकारी वित्त […]
काठमाण्डाै – तीन वर्षअघि नै बस्ती सार्न सुरु भएको सिन्धुपाल्चोकमा शुक्रबारको पहिरोले लिदीमा ३७ घरमा क्षति पुग्यो । पहिरोमा हराएका ३९ जनामध्ये १८ जनाको शव फेला परेको छ । गृहमन्त्री रामबहादुर थापा, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रभावित क्षेत्रमा पुगेको टोलीले बस्तीको संरक्षण र सुरक्षित आवास पुनर्निर्माणबारे आवश्यक पहल गर्ने निर्णय गरेको छ। वाग्मती प्रदेशको […]
३२ साउन, विराटनगर । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भएको हो । मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीलाई पनि आइतबार बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि पुनः परीक्षण गर्न […]