होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
समाचार

गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते

  • नागरिक रैबार
गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा स्कुटर चालक नुवाकोटको कविलास गाउँपालिका–१ की २२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुदा थापालाई भने बाहिरी चोट नलागेको प्रहरीले जानकारी दिएको छ । दुवै जना घाइते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार