होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मरेको कुखुराको मासु बेच्नेलाई विभागले गरायो तीन लाख जरिवाना
समाचार

मरेको कुखुराको मासु बेच्नेलाई विभागले गरायो तीन लाख जरिवाना

  • नागरिक रैबार
मरेको कुखुराको मासु बेच्नेलाई विभागले गरायो तीन लाख जरिवाना

काठमाडौं । मरेको कुखुरा बेचविखनको मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) बमोजिम गुणस्तरहीन बस्तु(मरेको कुखुराको मासु) बेचविखन गरेको पाएपछि सोही ऐनको दफा ३८(ङ) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेबापत दफा ३९(१)ख बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

काठमाडौं नगरपालिका ३१ मा संचालित उक्त फर्मलाई विभागको दैनिक बजार अनुगमनका क्रममा अनुचित व्यवसाय गरेका आधारमा अन द स्पोर्ट कारबाही भएको हो । कारबाहीमा परेको उक्त फर्ममा संचालक बाबुराम अधिकारी रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार