होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रदेश सांसद चुनकुमारी चौधरीले एसईई पास गरिन् , अब राजनितिशास्त्र पढ्ने तयारी
देश/प्रदेश

प्रदेश सांसद चुनकुमारी चौधरीले एसईई पास गरिन् , अब राजनितिशास्त्र पढ्ने तयारी

  • नागरिक रैबार
प्रदेश सांसद चुनकुमारी चौधरीले एसईई पास गरिन् , अब राजनितिशास्त्र पढ्ने तयारी

अत्तरिया – सुदूरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरीले एसईई पास गरेकी छन् । गरिबी र शिक्षाको अभाबका कारण सानै उमेरदेखी पढाइवाट बञ्चित रहेकी चौधरीले यस बर्ष एसईई पास गरेकी हुन् ।

यस बर्ष कोरोना महामारीका कारण परीक्षा हुन नसकेपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरुले आन्तरिक मुल्यांकन गरेर पठाएको नजितालाई रुजु गरेर सार्वजनिक गरेको हो ।

उनले श्रीपुरमा रहेको शारदा माविबाट एसईईका लागि फाराम भरेकी थिइन् । एसईई परीक्षाका लागि राम्रो तयारी गरेकी उनले २ दशमलव २५ जिपिए ल्याएर पास गरेकी छन् । उनले कक्षा ९ र १० गोदावरी नगरपालिका ५ स्थित सिद्धबावा मावि गेटीमा अध्ययन गरेकी हुन् ।

विज्ञापन

अब राजनितिशास्त्र पढ्ने तयारी
बि स २०३४ साल बैसाख २७ गते कैलाली जिल्लाको गोदाबरी नगरपालिका ५ गेटामा जन्मेकी सांसद चौधरि गरिबी र अभाबका बिच जमिदारका घरमा विभिन्न घरायसी काम गर्ने कमलरिका रुपमा बित्यो । बुवा तेजराम चौधारी र आमा बेलमती चौधरीको कोखबाट जन्मेकी उनी बस्ने घर तथा खाने जमिन नहुदा बिहानै जमिन्दारका घरमा अनेकन किसिमका घरायसी कामहरु गरेर जिबिको पार्जन गर्थिन र तेहि जमिन्दारले दियको मुरि मुरि थुपार्दै घरपरिवार चलाउथिन ।

बिभिन्न दुख र कस्ट , गालिगलौच तथा दुव्र्यवहारको सहेर भएपनी उनलाई आफ्नो र आफ्नो परिवारको गुजारा गर्नु परेको थियो । उनले सानो छदा स्कूल पढ्न त परैको कुरा हो , कहिले स्कुल पढ्ने सपना पनि देख्न पाइनन । अक्षरहरु चिन्ने सपना केवल सपनामै रह्यो । सानै उमेरमा बिहे गुर्नेपर्नेे थारु जातिको चलन अनुसार उनको बिबाह १५ बर्षमै भयो । उनलाई अन्य थारु महिला जस्तै अन्ध्यारो ठाउमा नै बस्ने खालको,हेल्का लगेर घोगी र मछ्छी मार्न तथा साहुको घरमा कमलरी बस्न पटक्कै मन पर्दैनथ्यो ।

तत्कालिन समयमा अनेकन कमैया कम्लरी मुक्ति पुरन उत्थानका गतिबिधिमा तथा महिला बिकास संस्थाले चलायका प्रौढ कक्षाहरुमा सहभागी हुन थालिन । घरमा श्रीमानको भरपुर साथ र सहयोग हासिल गरिन् । रुची, लगनशिलता तथा मेहनतले जति अवसब पाइन बहुत कस्टका साथ भरपुर सदुपयोग गरिन । पौढ कक्षा लिय पश्चात् उनिमा लेखपढ गर्न सक्ने सम्मको अवस्था सिर्जना भयो । समाजमा आफैले आफ्नो खुट्टामा उभिनु पर्छ भन्ने मानसिकताको बिकास हुदै गयो र कृषि गर्न थालिन ।

आफू मात्र नगरेर गाउँ समाजमा आत्मनिर्भर बनाउन अनेक प्रयत्न गरिन । समाजमा हुँदै गरेका अनेकन तालिम,मिटिङ्ग तथा भेलाहरुबाट र भिभिन्न समाजिक संस्थाहरुका गतिबिधिहरुबाट उनमा एक किसिमको ब्याक्तित्व बिकास हुँदै गयो । केही समय पश्चात सामुदाइक बन उपभोक्ता समुह दर्ता मात्र होइन सामुदाइक बनका हक र अधिकारका निम्ति विभिन्न किसिमले निरन्तर लागि रहिन । आफ्नो समुदाइक बनलाई सामुदाइक बनका निम्ति लड्ने संथा सामुदाइक बन उपभोक्ता महासंघ नेपालमा दर्ता गराइन मात्र होइन २०६७ सालमा सम्पन्न सामुदाइक बन उपभोक्त महासंघ नेपालको चौथो महाधिबेसनमा जनजाती कोटामा अत्याधिक मतले सदस्य हुनपुगिन ।

यो एउटा कमलरिका निम्ति उदारणिय पाटो बनेको थियो । उनले यसका लागि जेलमा समेत बस्नुपञ्र्यो । राजनितिमा पनि चुनकुमारिको चासो अनेकन किसिमले बढ्न थाल्यो र महिला जागरण तथा सशक्तीकरणका मुद्दहरु एमालेले उठाउने गरेका कारण तत्कालीन समयमा उनले तत्कालिन एमाले पार्टीलाई रोजिन ।

कुनै समयमा जातिबादका कुरा, जातिय राज्यका, थारुवानका कुराले मुलुकनै आन्दोलित भयको बेला उनी अखण्ड रहनुपर्छ र जातिबादलाई कहिले प्रसय दिनु हुदैन भन्दै कतै बिचलित नभै पार्टिको नीति तथा सिधाान्तमा कटिबद्द रहिन । नेकपा कम्युनिस्ट पार्टी कैलाली जिल्ला सदस्य हुँदै समानुपातिक कोटाबाट उनी अहिले प्रदेस सभा सदस्य बनेकी छन् ।

तर अझै उनको एउटा पाटो बाकी रहेको थियो र उनिमा त्यो पाटो पूरा नहुदा आफुले समाजलाइ अझै राम्रो सङ्ग डोर्याउन नसक्न्ने भन्दै लागि परिन । त्यो पाटो थियो शैक्षिक योग्यता । उमेर ढल्कदै गयपनी पढाइ भनेको ज्ञानको भण्डार हो ।

लाज सरम मान्नु हुदैन तथा समाजिक र राजनैतिक ब्यक्तित्वले झनै योग्य हुनुपर्छ भन्दै सिद्दबाबा माध्यामिक बिध्यालयबाट कक्षा ८ हुदै उनले अहिले सहजै रुपमा एसईई पास सफल भएकी छन् । एसईई पासपछि गोदावरी न्युजसंग कुराकानी गर्दै उनले अबको आफु निरन्तर शिक्षालाई अगाडी बढाउदै लैजाने बताइन् । उनले अब कक्षा ११ र १२ मा शिक्षाशास्त्र बिषयलाई लिएर अगाडी बढ्ने सोच बनाएको बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार