होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हँुदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । आइतबार महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाले हाल बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । यसैगरी, दिउँसो देशभर आँशिकदेखि सामन्य बदली रही थोरै […]
सुर्खेत — डा. गोविन्द केसीले २०७५ साउन १० गते १५ औं सत्याग्रह स्थगन गर्दा उनी र सरकारबीच ९ बुँदे सम्झौता भएको थियो । त्यसमध्येको एक थियो– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न प्रक्रिया थाल्ने । दुई वर्षपछि जुम्लामै १९ औं सत्याग्रह थालेका डा. केसीले अहिले सोही मुद्दालाई फेरि मागको रूपमा उठाएका छन् । उनका अन्य […]
काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति […]
राजविराज – किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन थालेका छन्। ‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा धम्क्याउने बढी भयो।’ मृतककी बहिनी सविताले […]
नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्नेमा उल्टै दुई प्रमुख व्यापारिक सीमानाका […]
३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भए यता निजी विद्यालयमा कार्यरत तीन हजार शिक्षक-कर्मचारीको रोजगारी गुमेको छ । गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक-कर्मचारी निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रकारका कानूनलाई संविधानको भावना र मर्म अनुकूल बनाएर प्रदेशवासीको घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउन प्रदेश सरकार लागिपरेको बताएका छन् । संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड—१९ को विषम परिस्थितिमा मनाउन लागिएको यस वर्षको संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित एंव समृद्धिमा […]
३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताले ‘अपुरो संविधान विरोध कार्यक्रम’ नारा लेखिएको ब्यानरसहित पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् । वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध कार्यक्रम नगर परिक्रमा गरेर घण्टाघरमै विरोध सभामा परिणत भएको थियो । जसपाले संविधान संशोधनको माग […]
३ असोज, काठमाडौ. । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ । पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो । […]
३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । […]
नागरिक रैबार/बाजुरा ३ असोज। राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। सरकारले यसवर्ष ५ सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई विभूषण दिने निर्णय गरेकी हुन्। सोही […]
धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाकी पत्रकार निर्मला पहराइ मृत भेटिएको घटनाको अनुसन्धान गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ। पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै पहराइ केही दिनदेखि सम्पर्क विहिन भई झुण्डिएको अवस्थामा मृत भेटिएको घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य छानविन गर्न माग गरिएको हो। ‘केही दिनअघि सम्पर्कविहिन रहेकी पहराई झुण्डिएको अवस्थामा फेला परेको यस […]
३ असोज, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार संक्रमितहरु ४ महिनाको शिशुदेखि ६८ वर्ष […]
पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न उनले सबैलाई आग्रह गरेका हुन्। संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने उनले […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ । शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो । सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र […]
३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनीहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन भएको सविधानसभाबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको बताए […]
३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताएका छन् । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उनको प्रतिबद्धता छ । संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गरे । कोरोना महामारीका […]
२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन माग गरेका छन् । सात दिनभित्र उक्त व्यवस्था मिलाउन उनीहरुले सरकारलाई ७ दिने अल्टिमेटम समेत दिएका छन् । माग पूरा नभए संघर्ष गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । शुक्रबार […]
२ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा दुई महिने शिशुसहित कर्णालीमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ३५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये रुकुम पश्चिमका २३ जना, […]