होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान
समाचार

कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान

  • नागरिक रैबार
कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् ।

आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन् ।

सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन् । उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका छन् ।

विज्ञापन

सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता कार्यकर्तालाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर फकाउन अनेक प्रयत्न गर्दै आइरहेका छन् । यस्तै उनले आफूइतर पक्षका नेताहरूलाई समेत आफू अनुकूलको भर्चुअल अन्तक्र्रियामा सहभागी गराउँदै महोल देखाइरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार