होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आन्तरिक वायुसेवामा सबै सिटमा यात्रु राख्न पाइने, भाडा नबढ्ने
समाचार

आन्तरिक वायुसेवामा सबै सिटमा यात्रु राख्न पाइने, भाडा नबढ्ने

  • नागरिक रैबार
आन्तरिक वायुसेवामा सबै सिटमा यात्रु राख्न पाइने, भाडा नबढ्ने

४ असोज, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन ।

मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।

 

विज्ञापन

यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए ।

तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।

९ दिनसम्म २५ प्रतिशतमात्र उडान

२१ सेप्टेम्बरबाट ९ दिन (३० सेप्टेम्बर २०२०)सम्म भने साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुने भएको छ । तर, उडान भने सबै विमानस्थलमा हुनेछ ।

वायुसेवा संस्थाले लकडाउनअघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी तालिका तय गरिएको छ ।

अक्टोवर १ बाट भने यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुने मन्त्रालयले जानकारी गराएको छ ।

माग र औचित्यता हेरी थप उडान स्वीकृत गरिने मन्त्रालयले वायुसेवा कम्पनीलाई जानकारी गराएको छ ।

भाडा नबढ्ने

हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो ।

तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए । सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले जानकारी दिए ।

हेल्थ डिक्लिरेसन गर्नुपर्ने

अब आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडी हेल्थ डिक्लिरेसन फारम भर्नु पर्नेछ । यस्तो फारम सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनु पर्छ । यात्राका क्रममा सबै यात्रुले मास्क लगाउनु पर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार