होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ असोज। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिम प्रदेशलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउन लागि परेको बताएका छन् । बाजुराबाट हवाइजहाज मार्फत धनगढी बजारमा पुगेको स्याउ विक्रि केन्द्रको उद्धघाटन् गर्दै मन्त्री शाहले स्याउको लागि प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने, सुदुरपश्चिम लाई फलफुल, तथा तरकारीमा आत्मनिर्भर बनाउन प्रदेश […]
बाजुरामा फलेको स्याउँ यसबर्ष पनि धनगढी पुगाइएको छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बाजुरामा फलेको स्याउँ धनगढी पुगाइएको जानकारी दिए। उनका अनुसार “जसले एकपटक खायो, उसले स्वाद थाहा पायो” भन्ने नाराका साथ बाजुराको स्याउँ धनगढी पुगाइएको हो। धनगढीको ट्राफिक चौराह नजिक हिमाली होटललाई बिक्री स्थान तोकिएको छ। दुई सय १२ पेटी स्याउँ […]
काठमाडौं, १ असोज । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा शुक्रबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप भएकाले सो अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले अब नेपालमा एक साता मात्र मनसुनको समय रहेको जानकारी […]
काठमाडौँ, १ असोज । विश्वभर कोरोना भाइरस (कोभिड– १९) द्वारा संक्रमति पुष्टि हुनेको संख्या ३ करोड नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कुल ३ करोड २५ हजार ४७३ मानिस संक्रमित भएको वर्ल्डोिमिटर्सको तथ्यांकले देखाएको छ । हालसम्म कोरोना संक्रमणका कारण विश्वरभर ज्यान गुमाउनेको संख्या पनि साढे ९ लाखा पुगेको छ । बिहीबार बिहानसम्म […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ। सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बतायो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको […]
काठमाडौँ- सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको […]
कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । कालिकोटमा हालसम्म ५ हजार […]
काठमाडौं, १ असोज । आज आश्विन संक्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइदै छ ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय […]
काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्ध […]
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । […]
१ असोज, काठमाडौं । झण्डै दुई तिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको आधा समय व्यतीत हुँदा पनि संविधानतः गठन हुनुपर्ने संरचनाहरुलाई चलायमान बनाउन सकेको छैन । अहिलेसम्म संवैधानिक आयोगहरुमा ४८ पदहरु रिक्त छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आदिवासी जनजाति, मधेसीलगायतको पहिचानको मुद्दामा अरुचि राख्ने गरेको आरोप लाग्ने गरेको छ । यही […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुधबार धनगढी उपमहानगरपालीका ५ बस्ने ५७ बर्षिया महिलाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनलाई भाद्र १७ गते कोरोना पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए […]
जीवन कैला/कोल्टी १ असोज। हिमाली गाउँपालिकाले असोज ४ गतेबाट सामुदायिक विद्यालय खोल्ने तयारी गरेको छ । शिक्षा शाखा हिमाली गाउँपालिकाका प्रमुख परमलाल पाण्डेको अध्यक्षतामा वसेको बैठकले आवश्यक परामर्श र छलफल गरी असोज ४ गतेबाट हिमालीका सामुदायिक विद्यालयमा पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको हो । विहिबार गाँउपालिकाको केन्द्र धुलाचौरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक […]
१ असोज, काठमाडौं । गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट सन्चालनमा आएका छन् । कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो । आज विश्वकर्मा पूजाको दिन परेको र पूजा सकेर गाडीहरु चल्ने यातायात व्यवसायीहरु बताउँछन् । साबिक भाडामा ५० प्रतिशत बढी […]
काठमाडौँ – कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजकै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उसको जन्मको उपलक्ष्यमा शुभकामना दिएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अोलीले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् । प्रधानमन्त्री ओलीले सो अवसरमा दुवै देशको बीचमा रहेको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने कार्यलाई जारी […]
३१ भदौ, काठमाडौं । करिब ६ महिनादेखि बन्द लामो दूरीको यातायात सेवा सरकारले १ असोजदेखि खुलाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो बसपार्क, नयाँ बसपार्कमा आवश्यक तयारी सुरु गरिएको छ । लामो दुरीको यातायात खुल्ने समाचार आएपछि धेरै यात्रुहरु बुधबार बिहानै बसपार्क पुगेका थिए । तर एक दिन अगाडि मात्रै टिकट काट्ने भनिएपछि उनीहरु फर्किए […]
३१ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया सुरु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएसँगै नयाँ भर्ना प्रक्रिया थालिएको हो । सरकारको स्वीकृतिपछि नेपाल प्रहरीले बुधबार प्रहरी निरीक्षकको १ माघ ०७६ मा प्रकाशित सूचना अनुसारको भर्नाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षाको तालिका प्रकाशित गरेको […]
३१ भदौ, काठमाडौं । गत वर्ष असोज १२ गते भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा प्रतिबन्ध लगायो । विश्वमा धेरै प्याज उत्पादन हुने मुलुक मध्येको एक भारतले निर्यातमा रोक लगाएपछि दक्षिण एशियाली मुलुकहरुमा प्याजको भाउ छोई नसक्नु भयो । ४ अक्टोबर २०१९ (असोज १७,२०७६ मा) बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो भान्सामा महँगो प्याज प्रयोग नगर्न […]
३१ भदौ, गलकोट । साविक धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् । राष्ट्रिय प्रसारण ग्रिडको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । […]