होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत गुइगाडमा निर्माणाधीन स्टिल ट्रस पुल अलपत्र पार्ने निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय साँफेबगरले करिब १८ करोड रुपैयाँ जरिवाना तिराउने भएको छ । १५ वर्षअघि सम्झौता भएर पनि पुल निर्माण सम्पन्न नगरी सर्वसाधारणलाई सास्ती दिएको भन्दै कार्यालयले ठेक्का रद्द गर्दै जरिवाना तथा क्षतिपूर्ति बापतको रकम सरकारी खातामा दाखिला गर्न ३५ […]
बाजुराकाे बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँ यतिबेला पालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे खाेजिमा सिंहदरबार धाइरहेका छन् । विगत पाँच महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेकाे बुढीगंगामा अहिलेसम्म मन्त्रालयले कुनै व्यवस्थापन नगर्दा समस्या उत्पन्न भएकाे भन्दै मेयर बानियाँ मन्त्रालयमा धाइरहेका हुन् । मेयर बानियाँले मंगलबार मन्त्रालयमा पुगेर सामान्य प्रशासन मन्त्रीलाई पालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा उत्पन्न […]
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । उनले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेकपा एमाले बाजुराका पूर्व अध्यक्ष भरतबहादुर थापा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा मनोनित भएका छन् ।
आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर […]
पार्टी एकता भएको छ महिनापछि नेपाली कम्युनिस्ट पार्टीले प्रदेश इञ्चार्ज तोकेको छ । केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले कोशी इञ्चार्जमा राजेन्द्र राई, मधेशमा महिन्द्र राय यादव, बाग्मतीमा गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम इञ्चार्जमा भीम रावललाई तोकेको छ । त्यस्तै, उपत्यका विशेष प्रदेश इञ्चार्जमा हितमान शाक्य र सम्पर्क विभागको इञ्चार्जमा […]
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका वास्तविक सुकुम्वासी पहिचानको कार्य आइतबारदेखि सुरु गरिने भएको छ। आजदेखि सुकुम्वासी बस्ती खाली गराउन थालेको सरकारले आइतबारदेखि सुकुम्वासीको पहिचान गर्ने भएको हो। हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरी […]
बाजुराकाे खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा निधन भएको छ। क्यान्सर रोगबाट पीडित उनको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित विष्ट समाजसेवीसमेत थिए। उनको निधनप्रति गाउँपालिका शोकमग्न बनेको छ। गाउँपालिकाले एक दिन शोक बिदा र आधा झन्डा झुकाउने निर्णय गरेको छ भने […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ स्थगित भएको छ । रिट निवेदनको सुनुवाइका लागि आज पेसी तोकिएकोमा सरकारी वकिलले स्थगित गराएका हुन् । सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट […]
प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले पद छोड्न निर्देशन दिएपछि गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएका छन् । आफूमाथि उठेका प्रश्नहरूको सार्वजनिक स्पष्टिकरण दिँदै बसेका गुरूङको दुईटा माइक्रो इन्सुरेन्सको लगानी शंकास्पद देखिएपछि उनलाई हटाउन प्रधानमन्त्री र सभापति लामिछाने सहमत भएका थिए । सुरूमा पार्टीभित्र स्पष्टिकरणको प्रक्रिया मात्र अपनाएर गृहमन्त्री पद चाहिँ सुरक्षित गरिराख्न प्रयत्नमा […]
बाजुरामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” नारासहित मार्तडीमा प्रतियोगिता आयोजना गरिएको हो। जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बडीमालिका नगरपालिकाको सह–आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका छन्। मालिका माध्यमिक विद्यालय, मार्तडीमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ८ स्थानीय तह […]
सरकारले अबदेखि कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने अनलाइनखबरलाई बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएकाे उनकाे सचिवालयले जनाएकाे छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो ।
बाजुराकाे बडीमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको बिदा व्यवस्थापनबारे नीतिगत स्पष्टता माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ। सातामा दुई दिन (शनिबार–आइतबार) बिदा हुँदा वार्षिक न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न कठिन भएको नगरपालिकाको भनाइ छ। नगर प्रमुख अमर खड्काले हालको बिदा प्रणाली, चाडपर्व र अन्य बिदाका कारण पठन–पाठन प्रभावित भएको उल्लेख गर्दै हप्तामा […]
नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको भन्दै ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको पाइएको अनुशासन समितिको […]
जिल्ला खेलकुद समिति बाजुराकाे अध्यक्षमा काेपिला सिंह नियुक्त भएकी छन् । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको हाे । सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको थियो । प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, बाजुरा र […]
‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ। वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ। सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ। जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका […]
आजदेखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरूआतका रूपमा पनि लिने गरिन्छ। आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन्। त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ। सबैभन्दा […]
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको विषयमा बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै देउवाले उक्त दाबी गरेका हुन्। ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरू गरिएको भन्ने जानकारी सञ्चार […]
बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनक राज गिरीले सुदूरपश्चिमको सेति लोकमार्ग निर्माणमा ध्यान दिन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद गिरीले सुदूरपश्चिमको पहाडी जिल्लाको गौरवको आयोजनाका रुपमा रहेको सेति लोकमार्ग निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, यो सडक सुदूपश्चिमका पहाडी जिल्लालाई तराइसंग जोड्न […]