होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । बझाङको बित्थडचीर गाउँपालिका –७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दिपकराज जोशी, ४६ वर्षीय […]
प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री कार्कीले शहीद दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको […]
झापाबाट फर्किएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम आउने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ।चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए। सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन्।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा ९एमाले०की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्। यसैगरी, अन्य […]
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा. भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका थिए ।यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो क्षेत्रका अन्य दलका उम्मेदवारहरूले भट्टराईलाई […]
सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी दिए । यसअघिका सरकारको प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइ आगामी निर्वाचनमा भाग लिने जानकारी गराएसँगै सरकारको […]
बाजुरा जिल्लामा आगामी निर्वाचनका लागि मतदाता र मतदान संरचना सम्बन्धी विवरण सार्वजनिक गरिएको छ। प्राप्त तथ्यांकअनुसार जिल्लामा कुल ८७ हजार ८६१ जना मतदाता रहेका छन्। कुल मतदातामध्ये ४५ हजार ४२८ जना पुरुष र ४२ हजार ४३१ जना महिला रहेका छन् भने २ जना अन्य समूहका मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित र सहज बनाउन जिल्लाभरि ११८ […]
बाजुराकाे कोल्टी क्षेत्रका नागरिकहरूले लामो समयदेखि भोग्दै आएको सास्तीको अन्त्य भएको छ। यसअघि राष्ट्रिय परिचयपत्र बनाउनका लागि मार्तडी जानुपर्ने बाध्यता रहेकामा अब उक्त सेवा काेल्टीबाटै हुने भएकाे हाे। अबदेखि अनलाइन प्रणालीमार्फत कोल्टीमै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था सुरु हुने भएकाे बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बाेहराले जानकारी दिए । यससँगै अफलाइन प्रक्रियाबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने बाध्यता […]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा सुनाउँदै शर्माले यस्तो बताएका हुन् । उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको बताए । ‘आफ्नो पावरझ ले भ्याएसम्म […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अहिलेसम्म निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीसहित राजनीतिक दलहरूबीच छलफल भए पनि त्यसको ठोस प्रभाव नदेखिएको बताएका छन् । छलफलपछिसमेत समग्र राजनीतिक परिस्थिति यथावत् रहेको उनको भनाइ थियो […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाका अनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका […]
एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन् ।२०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताए ।‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई […]
बडीमालिका नगरपालिका-९ स्थित द्वारीका आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएकाे छ । जेपी कन्ट्रक्सन एण्ड सप्लायर्सकाे सहयाेगमा विद्यार्थीलाई न्यानाे लुगा वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक अमर बिश्वकर्माले बताएका छन् । उनका अनुसार द्वारीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएकाे हाे । बुधवार विद्यालयमा एक कार्यक्रमका बिच उक्त सामाग्री […]
नेकपा–एमाले आज आन्तरिक एवं बाह्य दुवै मोर्चाबाट चौतर्फी दबाब झेलिरहेकै बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जारी गरेको लामो, बहुआयामिक तर अन्ततः विवाद र प्रतिस्पर्धा जन्माउने विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग र द्वन्द्वको बीउ रोपिदिएको छ । पार्टीले तत्कालै निर्वाचनमा जाने निर्णय गरिसकेको, राष्ट्र राजनीतिक संक्रमणको निर्णायक मोडमा पुगेको, र विदेशी तथा स्वदेशी दुवै शक्तिहरूले एमाले […]
त्रिभुवन विश्वविद्यालयका नियम तथा स्ववियु व्यवस्थापनसम्बन्धी विभिन्न त्रुटि र अनियमितता सच्याउन विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले विश्वविद्यालय प्रशासनसँग माग गरेका छन्। तिमिल्सिनाले त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ८२, नियम २४८ मा “संघ–संगठन त्याग्न नपाइने” प्रावधान थप्न माग गरेका हुन्। उनका अनुसार, निर्वाचित स्ववियु पदाधिकारीले पदावधि पूरा नहुन्जेल संगठन परिवर्तन गर्न नपाउने […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि प्रसाईँ रिहा भएका हुन् । प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा दायर गरेका थिए । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको […]
बाजुराका त्रिवेणी नगरपालिकास्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा मंसिर ६ गतेदेखि श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव आयाेजना हुने भएको छ । महायज्ञको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ। मंसिर ६ गतेबाट सुरु हुन लागेको धार्मिक एवं ज्ञान विज्ञान महा-महाेत्सव महायज्ञ मंसिर १४ गतेसम्म […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो। […]
नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को मंगलबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभर खेन्दै ३ विकेटको क्षतीमा कर्णाली याक्सले १६६ रन बनाएको हो । कर्णालीका लागि प्रयाङ्क पन्चालले ४७ बलमा सर्वाधिक ९० रन बनाएर आउट भएका थिए । टस जितेर चितवले कर्णालीलाई ब्याटिङको निम्तो दिएको […]