होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्। आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाएका हुन्। ‘कांग्रेसलाई एकढिक्का बनाउनका लागि, एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु। म यो […]
बाजुरामा शैक्षिक सत्र सुरु हुनअघि नै पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्। करुणा पुस्तक पसल, मार्तडीका प्रोपर्टाइटर नृपबहादुर खातीले चैत १६ गते धनगढीबाट किताब उठाएर चैत […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ । जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा बयान दिँदै लामिछानेले आफू र आफ्नो पार्टी भोलिपल्टको विध्वंसात्मक घटनामा संलग्न नभएको बताएका हुन् । कोही कतै संलग्न रहेको भेटिए कारबाही गर्ने […]
नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ। योसँगै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको चैत १३ […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो। स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने बैठकमा उपस्थित नभए पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए। पार्टी प्रवक्ता मनिष झाका अनुसार ५७ जनामध्ये ४८ महिला र ९ पुरुष […]
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । बैठकले टुंगो लगाएको नाम आयोगमा पठाइने उनले बताए । श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट […]
बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक कुमार गिरीले सुरुदेखि आफ्नाे अग्रता कायमै राखेका छन् । पछिल्लाे मत परिणाम अनुसार उनले नेकपा एमालेका लालबहादुर थापालाइ पछि पार्दै अग्रता कायम राखेका हुन् । गिरीले ८,६८७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापा भन्दा गिरी ४७० मतले अगाडि रहेका छन् । त्यस्तै एमालेका थापाले […]
बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसपटकको चुनावमा कुनै झडप वा विवाद नभएर मतदान प्रकृया सम्पन्न भएकाे बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्। जिल्लामा रहेका ८७ हजार ८ सय ६१ जना मतदातामध्ये ४४ हजार ७७३ जनाले मतदान गरेका छन्। जिल्लामा निर्वाचन सम्पन्न गर्न ७७ वटा मतदानस्थल र १ सय […]
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बाजुरामा प्रत्येक्ष उम्मेदवार रहेका हेमराज थापाले मतदान गरेका छन् । उनले विहान बुढीगंगा नगरपालिका १ मा रहेकाे धुरालसैन माविकाे मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले सबैलाई स्वस्थ र शान्तिपूर्ण तरिकाले मतदानमा सहभागि हुन् अनुराेध समेत गरेका छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विगतका घटनाक्रम र जिल्लाको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई रणनीतिक रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खटाइएको छ। सुरक्षा निकायका अनुसार मतदान स्थल वरपर कडा चेकजाँच, गस्ती तथा निगरानी बढाइएको […]
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ। मतदान हुनु ४८ घण्टा अघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि […]
आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका ४ वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पुर्याइएको छ । हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक, र नाम्खा गाउँपालिका-५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेकमा आउजाउ बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री […]
कतारमा हुने हवाई उडान बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेकोले आजका लागि हुने उडान रोकिएको जानकारी दिए । ‘त्यहाँ विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको छ । युएई कुवेत लगायतका देशको बारेमा अहिलेसम्म खबर आएको छैन’ […]
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ । पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका छन् भने तराई-मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ […]
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन्। झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले यो निर्वाचन केबल प्रतिनिधि छान्ने कुरा मात्र नभई धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको […]
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ । आजदेखि […]
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, […]
फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले माग गरेका छन् । निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन १८ देखि २३ सम्म सार्वजनिक बिदा दिन आवश्यक रहेको युवाहरूको माग छ । उनीहरूले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पनि पठाएका छन् । ‘प्रतिनिधिसभाको निर्वाचन केवल एक प्रशासनिक […]
लागु औषध विरुद्धको प्रदेश स्तरीय अभियान–२०८२ को अवसरमा बाजुरा जिल्लाका प्रेम नेपाली ‘उत्कृष्ट युवा पुरस्कार’बाट सम्मानित भएका छन्। लागु औषध दुरुपयोग नियन्त्रण, युवामाझ सचेतना फैलाउने तथा सामाजिक अभियानमा सक्रिय भूमिका खेलेकाे भन्दै नेपालीलाई रु. ५ हजार नगदसहित सम्मान–पत्र प्रदान गरिएको हो। नेपाली आफ्नो कार्यक्षेत्रमा आदर्श युवा सावित भई जिल्लामा प्रेरणादायी भूमिका निर्वाह गर्दै आएका छन्। […]