होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी, २७ भदौ । भारतको बिजनौर शहरकी २४ वर्षीया राष्ट्रिय खो–खो खेलाडीको बलत्कारपछि क्रुरतापूर्वक हत्या भएको छ । हत्या गरी उनको शरीरलाई बिजनौर रेल्वे स्टेशनमा फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो । परिवारले आफ्नो छारी बलात्कृत भएको प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा खोजीका क्रममा शव रेल्वे स्टेशनमा पाइएको थियो । प्रहरीको भनाईलाई उदृत गर्दै […]
इम्मा राडुकानुले बेलायतलाई ४४ वर्षपछि महिलातर्फको ग्रान्ड स्लाम एकल उपाधि जिताएकी छिन् । उनले लेलाह फर्नान्डेजलाई हराएर युएस ओपनको उपाधि जितेकी हुन् । १९ वर्षीया क्यानेडेली प्रतिद्वन्द्वीविरुद्ध १८ वर्षकी इम्माले ६–४ र ६–२ को जित निकालिन् । राडुकानुले उपाधि जितेसँगै बेलायती समर्थकहरु खुसीले पागलजस्तै भएका थिए, यसक्रममा भर्जिनिया वाडे खुसीले भावूक भइन् । ४४ […]
अर्लिङ ब्राउट हालान्डको दुई गोलको मद्दतले तीनपटक गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमन्डले बायर लेभरक्युजनविरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको छ । खेलको सुरुवातमा नै फ्लोरियन विर्टजले लेभरक्युजनलाई अग्रता दिलाए पनि हालान्डले ३७ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा प्याट्रिक शिकको गोलको मद्दतले लेभरक्युजनले पुनः […]
क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । र, उनले आज प्रिमियर लिगमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । म्यानचेस्टरले आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । कतिपयले रोनाल्डोको डेब्यु च्याम्पियन्स लिगमार्फत पनि हुनसक्ने अड्कल लगाएका छन् । तीन दिनपछि च्याम्पियन्स लिगमा म्यानचेस्टरले […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन नआएको बताएका छन् । शनिबार ओल्ड ट्राफोर्डमा पुनरागमन गर्ने क्रममा रहेका पोर्चुगलका कप्तान रोनाल्डोले यस्तो दाबी गरेका हुन् । प्रिमियर लिगमा युनाइटेडले शनिबार घरेलु मैदानमा न्युकासल युनाइटेडसँग खेल्दैछ । खेलको अघिल्लो दिन रोनाल्डोले आफू अझै चुनौतीका लागि तयार रहेको बताए । ‘म सक्षम छु, म अगाडि […]
काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसीले ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् ।अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका हुन् । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडे । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका […]
काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । यस खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ । मअिलाको उमेर समूह टीमले रंगशालामा खेलपनि सिनियर टिमले भने करिब ३५ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा पहिलो पटक खेल्न लागेको हो । यस्तै पहिलो पटक महिला […]
रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले नाजारियोले लियोनेस मेस्सीलाई क्लबमा भित्र्याए पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजन च्याम्पियन्स लिग जित्न कठिन हुने चेतावनी दिएका छन् । हाल स्पेनिस क्लब रियल भालाडोलिडको अध्यक्ष रहेका रोनाल्डोले रियल म्याड्रिडको उदाहरण दिँदै कागजमा सशक्त देखिँदैमा टोलीले सधैँ युरोपको सर्वोच्च उपाधि जित्न नसक्ने बताएका हुन् । ‘क्वार्टरफाइनल पछि तस्बिर […]
काठमाडौं । पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानलाई ३-० ले सहजै पराजित गरेको छ । कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले विश्वकपको लागि युरोपियन छनोटमा जित हात पारेको हो । बाकु स्टेडियममा भएको खेलमा पोर्चुगलको जिताउन बर्नार्डो शिल्भाले २६औं, आन्द्रे शिल्भाले ३१औं र डिएगो जोटाले ७५औं मिनेटमा गोल गरे । जितपछि पोर्चुगल पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष […]
काठमाडौं । ग्यारेथ बेलको ह्याट्रिक मद्दतमा वेल्स विश्वकप छनोट खेलमा बेलारुसलाई ३-२ ले पराजित गरेको छ ।विश्वकपको युरोपेली छनोटअन्तर्गत आइतबार भएको खेलमा बेलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दे वेल्सलाई जित दिलाएका हुन् । कजानमा भएको खेलको छैटौं मिनेटमै बेलले पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा भिटाली लिसाकोभिचले बेलारुसको लागि बराबरी […]
इर्लिङ हाल्यान्ड र मोहमद इल्युनौसीले गोल गरेको खेलमा नर्वेले लात्भियालाई २–० ले हराएको छ ।विश्वकप छनौट खेलमा यससँगै नर्वेले महत्वपूर्ण तीन अंक बटुल्यो । यस सिवन हाल्यान्डको लय निकै राम्र‍ो छ । उनले क्लब र देशका लागि ८ गोल गरिसकेका छन् । बोरूसिया डर्टमुन्डका लागि उनले सुरूवाती ५ खेलमा ६ ग‍ोल र तीन एसिस्ट गरसकेका […]
काठमाडौँ: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन्। दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक÷एक गोलको बराबरीमा खेल सकिएको छ। नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो। नेपाल पहिलो हाफमा १–० गोलले अगाडि […]
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन्। बुधबार राति विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध दुई गोल गरेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका हुन्। यसअघि रोनाल्डोले गत असारमा भएको युरो कपमा अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका थिए। रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन्। अलीले सन् १९९३ देखि […]
काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो । खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । […]
स्पेनिस महारथी रियल म्याड्रिडले निकै आशा गरिएका फ्रान्सका युवा मिडफिल्डर एडवार्डो कामाभिङ्गालाई रेनेसबाट ६ वर्षका लागि अनुबन्ध गरेको छ । १८ वर्षीय खेलाडीसँग फ्रेन्च क्लबबीचको करार अर्को वर्ष सकिँदै थियो । लिग वान क्लबले उनलाई सित्तै जान दिन चाहेको थिएन । सन् २०१९ मा कामाभिङ्गा रेनेसका लागि डेब्यू गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए । […]
क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब फर्कने निर्णय पूर्व प्रशिक्षक एलेक्स फर्गुसनप्रति समर्पित गरेका छन् । उनले भने, ‘जहाँको हुँ, त्यहीँ फर्केको छु । युनाइटेडले १ करोड ५० लाख युरो खर्चेर युभेन्टसबाट रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । उनी एक दशकअघि युनाइटेडबाटै रियल म्याड्रिड गएका थिए । ३६ वर्षका रोनाल्डोले दुई वर्षको सम्झौता गरेका छन्, यसमा एक वर्ष […]
काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म […]
लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए । तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ । पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मनाउने क्रममा बार्सिलोना शहरको केन्द्रमा मेस्सीको तस्बिर […]
१३ भदौ, काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लिओनल मेस्सीले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि डेब्यु गर्ने सम्भावना छ । पीएसजीले लिग वानको चौथो खेल रेईम्ससँग खेल्दैछ । अहिलेसम्म मेसी बिना नै पीएसजीले शुरुवाती तीन खेलमा ट्रायस, स्ट्राटवर्ग र ब्रेस्टलाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ । अहिले प्रशिक्षक माउरिसियो पोचेटिनासँग काम गरेपछि मेस्सीलाई […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ ।रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो । यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ ।एम्पाओलीका लागि लिओनार्दो मानकुसोले २१औं मिनेटमा […]