होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • च्याम्पियन्स लिगमा आज : पिएसजी र म्यानचेस्टर सिटीको महाभिडन्त हुँदै
खेलकुद

च्याम्पियन्स लिगमा आज : पिएसजी र म्यानचेस्टर सिटीको महाभिडन्त हुँदै

  • नागरिक रैबार
च्याम्पियन्स लिगमा आज : पिएसजी र म्यानचेस्टर सिटीको महाभिडन्त हुँदै

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आजबाट समूह चरण अन्तर्गत दोस्रो राउन्डका खेल सुरु हुँदैछन् । आज विभिन्न ८ खेलहरू हुँदा एक खेलमा हेभिवेट भिडन्त हुँदैछ, जहाँ फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह चरणको पहिलो खेलमा आमनेसामने हुँदैछन् । पिएसजी आजका दिनमा युरोपको सबसे ठूलो मेगा स्टार टिमका रूपमा कहलिएको छ भने सिटी युरोपको सबैभन्दा आक्रामक टिमका रूपमा चिनिन्छ ।

प्रतियोगिताका दुई मुख्य उपाधि दाबेदार टिम समेत रहेका सिटी र पिएसजी यसपटक समूह चरणमै एकअर्काविरुद्ध भिड्दैछन् । यी दुईले होम एन्ड अवे गरेर दुई खेल समूह चरणमा खेल्नेछन् । गत सिजन यी दुई टिम च्याम्पियन्स लिगमै सेमिफाइनलमा खेलेका थिए । जहाँ सिटीले पिएसजीलाई एग्रीगेटमा ४–१ ले धुलाइ गरेर आफू फाइनल प्रवेश गरेको थियो भने पिएसजी सेमिफाइनलबाटै आउट भएको थियो ।

त्यसबेला सिटीले पिएसजीलाई उसको घरमा १–२ ले हरायो भने आफ्नो घरमा भएको दोस्रो लेगमा २–० ले हराएको थियो । दुवै लेगको नतिजा जोड्दा सिटीले पिएसजीमाथि समग्रमा ४–१ को शाानदार जित निकालेको थियो । अघिल्लो सिजन सेमिफाइनलमा भिडेका यी दुई टिम लगत्तै सिजनमा समूह चरणमा पुनः भिड्ने भएकाले यो समूहलाई धेरैले ध्यानपूर्वक हेरेका छन् ।

विज्ञापन

सिटी आक्रामक खेल रणनीति चलाउने पेप ग्वार्डिओलाको टिम हो भने पिएसजी लिओनल मेस्सी, नेइमार र केलियन एमबाप्पेजस्ता खेलाडी रहेको मेगा स्टार टिम हो ।
आजको खेललाई सिटीका प्रशिक्षक पेप ग्वार्डिओला भर्सेस मेस्सी भनेर पनि चर्चा गरिएको छ । ग्वार्डिओला र मेस्सीबीच निकै राम्रो भावनात्मक सम्बन्ध छ । विगतमा बार्सिलोनामा छँदा मेस्सीलई ग्वार्डिओलाले थुप्रै वर्ष प्रशिक्षण दिएका थिए । आज फेरि एकपटक ग्वार्डिओला र मेस्सीको टिम एकअर्काविरुद्ध उत्रिने भएका छन् । यसर्थ पनि आजको खेल खास हुनेवाला छ । दुवै टिम उत्तिकै आक्रामक रहेकाले यो खेल घमाशान र रोमाञ्चक हुनेमा शंका छैन ।

खास गरी आजको खेल हुँदा सबैभन्दा ठूलो दबाबमा पिएसजी हुनेछ । उसले आज आफ्ना घरेलु दर्शकमाझ खेल्ने हुँदा उसलाई जितको चर्को दबाब हुन्छ । त्यसै पनि गत सिजन सेमिफाइनलमा हारेको टिमसँग खेल्नुपर्ने हुँदा त्यसको दबाब पनि पिएसजीमाथि थप हुने नै छ । सुपरस्टार खेलाडीहरूको भिड रहेको टिम भएकाले पनि पिएसजीमाथि आज प्रिमियर लिगको सबसे तगडा टिमको सामना गर्दा अर्को सम्भावित हार रोक्नुपर्ने दबाब पनि हुनेछ ।

सके त पिएसजी आज सिटीसँग गत सिजन भोगेको हारको बदला लिने प्रयासमा पनि हुनेछ ।यता, खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै सिटीका प्रशिक्षक ग्वार्डिओलाले यो खेलमा आफूहरूभन्दा पिएसजी ज्यादा दबाबमा हुने बताएका छन् । घरेलु टोली सधैं उच्च दबाबमा रहने उनको भनाइ छ । ‘पिएसजीप्रति हाम्रो ठूलो सम्मान छ । किनभने, त्यहाँ विश्वकै उत्कृष्ट खेलाडीहरू छन् । तर, यस्ता खेलमा घरेलु टोली अक्सर दबाबमा रहन्छन् । पेरिसमा हामी बिनादबाब खेल्नेछौं,’ ग्वार्डिओलाले भने, ‘गत सिजनको खेल र नतिजा अब विगत हो । यो एकदमै नयाँ खेल हुनेछ । हामी उत्कृष्ट प्रदर्शन र नतिजाका लागि प्रयास गर्नेछौं ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार