होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • खेलप्रेमी नेता थापाले गरे बाजुराका खेलाडीलाई २ लाख सहयोग
Breaking News

खेलप्रेमी नेता थापाले गरे बाजुराका खेलाडीलाई २ लाख सहयोग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
खेलप्रेमी नेता थापाले गरे बाजुराका खेलाडीलाई २ लाख सहयोग

नागरिक रैबार/बाजुरा ६ असोज। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाले गृह जिल्लाका खेलाडीहरुको काठमाण्डाैँको खर्च व्यवस्थापनका लागि २ लाख रकम सहयोग गरेका छन् ।

बाजुरा जस्तो विकट जिल्लाबाट ‘सि’ डिभिजन छनोट प्रतियोगितामा भाग लिनका लागि पहिलोपटक काठमाण्डौंमा पुगेको रानिवन स्पोर्ट्स क्लवको खर्च व्यवस्थापनका लागि खेलप्रेमी नेता थापाले दुई लाख सहयोग गरेको क्लवका अध्यक्ष धुर्वबहादुर रोकायाले बताएका छन् ।

बाजुराको रानिवन स्पोर्टस् क्लब अहिले एन्फाद्वारा आयोजित ‘सि’ डिभिजन छनोट प्रतियोगितामा सहभागि भई खेल खेलिरहेको छ । बुधबार विहान भएको खेलमा रानीवन स्पोर्ट्स क्लवले राप्ती रिभरलाई ३-२ अन्तरले पराजित गर्दै पहिलो खेलको विजेता बनिसकेको छ । खेल सूरु भएको ६ मिनेटमै ३ वटा गोल प्रहार गर्दै रानीवनले पहिलो खेलबाट विजयी सूरुवात गरेको थियो ।

विज्ञापन

पूर्व खेलाडी समेत रहेका नेता थापा बुधबार पहिलो खेललाई दृष्यावलोकन गर्न र खेलाडीहरुको हौषला बढाउन रानीवन स्पोर्ट्स क्लवका खेलाडीहरुका साथमा एन्फा ग्राउण्ड सातदोवाटोमा पुगेका थिए ।

खेलप्रेमी समेत रहेका नेता थापाले गृह जिल्लाको खेलाडीको टिमलाई काठमाण्डौंमा व्यवस्थापन गर्नका लागि सहयोग गरेकोमा क्लवले धन्यवाद दिएको छ । साथै क्लवले अन्य शुभचिन्तक ज्युहरुलाई पनि रानीवनले क्लवको अभियानमा साथ, सहयोग र समर्थन गरिदिनहुन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै