होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • २० मिनेटमा केनको ह्याट्रिक
खेलकुद

२० मिनेटमा केनको ह्याट्रिक

  • नागरिक रैबार
२० मिनेटमा केनको ह्याट्रिक

सब्सिटट्यूटका रूपमा मैदान प्रवेश गर्दै ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्सले युरोपा कनफरेन्स लिगमा एनएस मुरामाथि ५–१ को शानदार जीत हासिल गरेको छ । समूह जीमा रहेको स्पर्सको प्रतियोगितामा पहिलो जीत हो । पहिलो खेलमा टोली रेनेसँग बराबरीमा रोकिएको थियो ।

बिहीबार राति भएको खेलमा स्पर्सले पहिलो हाफको सुरुवातमा दुई गोल गर्दै स्लोभेनियाको टोलीमाथि दबाब राखेको थियो । डेली अलीले खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाएका थिए भने गियोभानी लो सेल्सोले ६ मिनेटपछि अग्रता दोब्बर बनाए ।

तर, दोस्रो हाफमो सुरुवातमा नै जिगा कुओसको गोलमार्फत एनएस मुरा खेलमा फर्कन प्रयास गर्‍यो । त्यसपछि ६० औँ मिनेटमा म्यानेजर नुनो एस्पीरितो सान्तोले मैदानमा केन, सन ह्युङ मिन र लुकास मोउरालाई मैदानमा पठाएका थिए ।

विज्ञापन

सब्सिटिट्यूटहरुले खेलमा प्रभाव पार्न लामो समय नै लागेन । ६८ औँ मिनेटमा मोउराको पसमा केनले खेलको पहिलो गोल गरे भने सनले केनका लागि दोस्रो गोलको अवसर सिर्जना गरे । ८८ औँ मिनेटमा अर्को गोल थप्दै केनले करियरको १६ औँ ह्याट्रिक पुरा गरे ।

उता, अर्को प्रिमियर लिग टोली लेस्टर सिटी भने लेगिया वारससँग पराजित हुँदै प्रतियोगितामा जीतविहीन रहेको छ । समूह सीमा रहेको ब्रेन्डन रोजर्सको टोली १–० ले पराजित भएको हो । पहिलो खेलमा टोली नापोलीसँग २–२ को बराबरीमा रोकिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार