होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
समाचार

सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

धनगढी : सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ धनगढीमा आयोजना हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका टीमहरुले सहभागीता जनाउने प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइनेछ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइने छ। प्रतियोगिता आयोजना गर्नका लागि झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ। जिल्लाहरुलाई टीम छनोटका लागि सुरुमा ५० हजार दिइएको थियो।

विज्ञापन

प्रतियोगितामा सहभागी सबै जिल्लाहरुको टीमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले व्यहोर्ने सदस्य सचिव सिंहले बताए। प्रतियोगिता आउन दुई दिन बाँकी रहँदा तयारी पनि अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टीम बनाइने सिंहले बताए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार