होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २९ साउन । बैङ्किङ कसुरसम्बन्धी एक मुद्दामा पक्राउ कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई बयानका लागि पक्राउ गरी अदालतमा हाजिर गराउन उच्च अदालत पाटनले आदेश गरेको छ । न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अभियुक्तको बयानअनुसार प्रदेश मन्त्री पदमा बाहल नै रहेको भए तीन दिनभित्र बयानका लागि उपस्थित गराउन आदेश जारी गरेको […]
वीरगन्ज – आर्थिक नगरी वीरगन्जमा यस पटक बेग्लै चहलपहको तयारी छ। नेपाली फिल्म क्षेत्रका फिल्मकर्मीहरूको जमघट वीरगन्जमा हुने भएको छ। आगामी असोज १ देखि वीरगन्जमा फिल्म महोत्सव को आयोजना हुने भएको छ। चलचित्र निर्माता संघले आयोजना गर्न लागेको फिल्म महोत्सवमा नेपाल र बलिउडका फिल्मकर्मीहरू सहभागी हुँदैछन्। चलचित्र विकास बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा […]
गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रूण वा शिशु पछिल्लो पटक महिनावारी भएदेखि २८ हप्तासम्ममा गर्भाशयबाट बाहिर निस्कनु हो । यस्तै महिलाको इच्छा अनुसार सुरक्षित तरिकारले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा पनि गर्भपतन गराउन पाइने व्यवस्था रहन्छ । आमाको गर्भबाट कुनै शिशु बाच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई गर्भ तुहिनु भनिन्छ । गर्भ आफै तुहिनुको प्रमुख […]
प्रमित विक/बाजुरा २७ साउन। व्यापार–व्यवसाय गरौ भने लगानि गर्न पैसा छैन् । विहान बेलुका छाक टार्न धौ–धौ छ उमेरले ६० पुगिसकेका गौमुल गाउँपालिका –६ बाम्नीका गगने ल्वारको गुनासो छ । उनी परम्परागत आरन पेशाबाटै जीवन निर्वाह गर्छन् । विहान देखि फलामसंगं फौठेजोरी गर्दै उनको दिनचर्या यसैमा वित्ने गरेको छ । उनको यो मेहनतले फलामबाट भाडाकुडा […]
काठमाडौ – आरक्षण बचाऔं आन्दोलनका १९ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । गोविन्द छन्त्याल, भक्त विश्वकर्मा ,कुमार लिंदेन, दलमर्दन कामी खगेन्द्र माखिम सुखवीर थामी सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव,राकेश राई ,सि एन थारू कल्पना सुनार, उस्पार सुनार,थाङ्साङ लावती ,वाङ्जु तामाङ […]
२६ साउन, चितवन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर […]
– एसपी उप्रेती अहिले वर्षायाम छ । केही दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ । यस्तो समयमा अत्याधिक फैलने झाडापखाला, रुघा खोकी जस्ता सरुवा रोगदेखि चिसोका कारण अन्य संक्रमण हुन सक्ने उत्तिकै सम्भावना बढेको हुन्छ । त्यस्तै गरी लामखुट्टेको बिगबिगी अर्काे ठूलो समस्याको रुपमा यस समयमा हामीले भोग्नुपर्ने हुन्छ । मलेरिया, डेन्गु, इन्सेफलाइटिस […]
काठमाडौँ– मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले आगामी मङ्सिर १४ गतेलाई तय भएको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सो पार्टीको साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्य किरणले जानकारी दिए । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र […]
भारतको मणिपुरमा जन्मिएकी हुन्, मीना निरौला। बाबुआमाको रैथाने थलो नेपालको ताप्लेजुङ। नेपालको माया बोकेर उनीहरू मणिपुर बसाइँ सरे। ४० वर्षअघिको ताप्लेजुङ आजजस्तो थिएन। दुःखका पहाड चढ्नुपथ्र्यो। छोराछोरीको भविष्य राम्रो बनाउने सपना बोकेरै उनीहरू मणिपुर हानिए। मीना उतै जन्मिएकी हुन्। ‘संगीतमा रुचि राख्ने साधारण मान्छे हुँ म’, लामो हाँसोसँगै परिचय दिइन् उनले। मीना पछिल्लो समयकी चर्चित […]
पर्सा : भोली सोमबार अर्थात साउन २७ गते प्रदेश २ सरकारले बकर इदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् । शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी […]
राजेन्द्र बिक/ बाजुरा २५ साउन। पछिल्लो समयमा जिल्लाका अधिकाँस युवाहरु स्वदेश मा रोजगारी छैन भन्दै बिदेश पलायन भइराखेका बेला गौमुल गाउपालिका वडा न. ३ मानाकोट कि धनलक्ष्मी जोशीले भने कुखुरा पालन बाटै मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्नेे गरेकी छन् । बडीमालिका नगरपालिका वडा न.७ चुथीमा युवा जनचेतना पोल्ट्री फर्म नाम दिएर संचालनमा […]
काठमाडौं – कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ। गृहमन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ। मस्यौदा अनुसार कैदीबन्दीको उमेर, […]
उमेश अवस्थी/बाजुरा २४ साउन । जिल्लामा हुने अधिकाँस अपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा उत्पादन तथा सेवनलाई नियन्त्रण गर्न मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको उक्त अभियानलाई साथ दिन बडीमालिका नगरपालिका वडा नं. ९ का महिला आमा समूहहरुले सक्रियताका साथ मदिरा नियन्त्रण अभियान […]
आर्थिक वर्ष ०७५/७६ बितेको चौथो साता पुग्न लागेको छ । तर, सिरहा औरही गाउँपालिकाका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाबापत पाउँदै आएको ज्येष्ठ नागरिक भत्ता अझै पाउन सकेका छैनन् । गाउँपालिकाले दोस्रो चौमासिकदेखि ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छैन । जसले गर्दा औरहीका ज्येष्ठ नागरिक भत्ताका उपलब्ध गराउनका लागि उजुरी दिन जिल्ला प्रशासन कार्यालय धाउनुपरेको छ । आफूले दुई किस्तादेखि वृद्धभत्ता […]
काठमाडौं, साउन २४ । मुलुकभर शुक्रबारको मौसम दिनभरी नै बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविदका अनुसार चट्याङ पर्दा यसबाट बच्न ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् : सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने घरभित्र बस्दा […]
बुटवल। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल भए नेपाल भ्रमण वर्ष २०२० सफल हुने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० सफलताका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो भूमिका खेल्ने उनले बताए । बिहीबार भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले आफू पर्यटनमन्त्री नियुक्त भएपछि उपत्यका बाहिर पहिलो […]
सिन्धुली : सिन्धुलीका चारवटा गुठीका पाँच सय ५५ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिएको छ। सिद्धेश्वर (कमलामाई) गुठीको ११ बिघा, भीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बिघा, भीमेश्वर सदाबर्त (जलकन्या) गुठीको ६८ बिघा र कुशेश्वर–दुम्जा गुठी (झाँगाझोली रातमाटा) को ५८ बिघा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरिएको हो। जिल्ला मालपोत कार्यालयका अनुसार सिद्धेश्वर गुठीको ११ बिघा […]
काठमाडौं, २४ साउन । बिहानीको सिमसिम साउने झरी । घरको आँगनमा जनप्रतिनिधिसहित स्थानीयवासी । गोलो आकारको उपस्थितिले आँगनकोबीच भाग खाली छ । फुङ्लिङ् नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाले ढिला नगरी उपभोक्ता समिति गठन निर्देशिका वाचन गरिन् । “ठूला योजना पनि माघसम्म सम्पन्न गर्ने अभियानमा छौं ।” वडाध्यक्ष ओझाले भनिन्, “साउन मसान्तसम्म उपभोक्ता समिति गठन गर्छौं । […]
सुदूरपश्चिम प्रदेश सरकारले पहाडी ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि सुविधा सम्पन्न एम्बुलेन्स भने खरिद गरेको छ। प्रदेशको सामाजिक मन्त्रालयले सवा ६ करोड २५ लाखमा १६ वटा सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरेको हो। भन्सार छुट भएपछि ३९ लाखका दरले ’बी ग्रेड’ का एम्बुलेन्स खरिद गरिएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। ‘एम्बुलेन्स […]
रामबहादुर वि.क./बाजुरा २२ साउन। मार्तडीमा साईवर क्राईम सम्वन्धि एकदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनानमा उक्त कार्यक्रम मार्तडीमा गरिएको हो । बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका जनप्रतिनिधि नागरिक समाज, गैससका प्रतिनिधि, विद्यार्थी, पत्रकारहरुलाई साईवर क्राईम सम्वन्धि जानकारी गराईएको हो । साईवर क्राईम अन्तरगतका अपराधिक घटनाहरु […]