होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु
समाचार

उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु

  • नागरिक रैबार
उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु

नागरिक रैबार/बाजुरा ७ भदौ। जिल्ला अस्पताल बाजुरामा एक जना सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ ।
बडीमालिका नगरपालिका वडा नं. ७ जिल्ली निवासी कृष्ण नेपालीकि २१ वर्षिया श्रीमति बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार विहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकि थिइन ।  घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा ल्याएका थिए । अस्पतालमा स्वास्थ्यकर्मीहरुले उनको उपचार गरिहेको बेला उनको एक्कासी मृत्यु भएको आफन्त प्रेम नेपालीले बताएका छन् ।
सुत्केरी महिलाको शरिरबाट अत्याधिक मात्रामा रगत बगिसकेको र उनलाई आवस्यक परेको रगत समेत खोजि भईसकेको थियो तर पनि उनको एक्कासी मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डाक्टर दुर्गाराज महर्जनले बताएका छन् ।
सुत्केरी महिलाका परिवारहरुले उनलाई गत साउन २६ गते जिल्ला अस्पताल ल्याएका थिए । अस्पतालमा डाक्टरहरुले सुत्केरीको अवस्थाबारे बुझेपछि उनलाई भदौ २ गते जिल्ला अस्पतालमा सुत्केरी गराउनका लागि ल्याउनु पर्ने सल्लाह दिएका थिए ।
तर उनका आफन्तहरुले सुत्केरी नेपालीलाई समयमै जिल्ला अस्पतालमा सुत्केरी गराउन नल्याएपछि उनलाई सुरक्षित अवस्थामा सुत्केरी गराउन नसकिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरिले बताएका छन् ।
मृतक नेपालीका श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार