होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • त्रिवेणीको मालागाड खोलामा काठेपुल निर्माण
Breaking News

त्रिवेणीको मालागाड खोलामा काठेपुल निर्माण

  • नागरिक रैबार
त्रिवेणीको मालागाड खोलामा काठेपुल निर्माण

नागरिक रैबार/बाजुरा ९ भदौ। जिल्लाको त्रिवेणी नगरपालिकाको मालागाड खोलामा काठेपुल निर्माण गरिएको छ ।
त्रिवेणी नगरपालिकाले वर्षातको समयलाई मध्येनजर गर्दै उक्त खोलामा सहजरुपमा जीप तथा मोटरसाईकल संचालनका लागि खोलामा काठेपुल निर्माण गरेको हो ।
त्रिवेणी नगरपालिकाको वडा १, २, ३, र ४ नम्बर वडालाई जोडने प्रमुख नाकाका रुपमा रहेको सो खोलामा वर्षातको समयमा खोलामा पानीको बहाव बढ्दै गएपछि खोलामा जीप तथा मोटरसाईकललाई आवत जावत गर्न समस्या भएको भन्दै त्रिवेणी नगरपालिकाको सहयोगमा पुल निर्माण गरिएको नगर प्रमुख रामसिंह रावलले बताएका छन् ।


उक्त खोलामा सवारी साधान संचालनका लागि काठेपुल निर्माण भएपछि त्रिवेणी नगरपालिको छतारा र तोलीका स्थानीयहरुलाई आवत जावत गर्न सजिलोे हुने भएको छ ।
बुढीगंगा नगरपालिकाको बाम्का बजारदेखि त्रिवेणी नगरपालिकाको तोली, छतारा र कैलाशमाण्डौं सम्म हिउदको निरन्तर यातायात संचालन हुँदै आएका छन् ।
तर बर्षातको समयमा बुढीगंगा नदिमा पक्की पुल नहुँदा तोली छतारा र कैलाशमाण्डौ जाने सवारी साधानहरु मौरैबजारबाट संचालन हुँदै आएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार