होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सिँडी चढ्न नसकेपछि राष्ट्रपतिले गरिन् आँगनमै पूजा
समाज

सिँडी चढ्न नसकेपछि राष्ट्रपतिले गरिन् आँगनमै पूजा

  • नागरिक रैबार
सिँडी चढ्न नसकेपछि राष्ट्रपतिले गरिन् आँगनमै पूजा

ललितपुर :  राष्ट्रपति विद्यादेवी भण्डारी पाटनको कृष्ण मन्दिरमा पूजा आराधना गरेकी छन्। ‘श्रीकृष्णजन्माष्टमी’का अवसरमा शुक्रबार उनी पाटन पुगेकी हुन्।

कडा सुरक्षा घेरामा साढे २बजेतिर कृष्णमन्दिर पुगेकी राष्ट्रपति भण्डारी खुट्टामा समस्या भएकाले सिँडी नचढिकन आँगनमै पुजाअर्चना गरेकी थिइन्। राष्ट्रपतिको खुट्टामा समस्या भएकाले पुजारीहरु पुजाअर्चनाका लागि तल ओर्लेका थिए।

विज्ञापन

ढुंङ्गाका सानासाना सिँढी चढेर दोस्रो तलामा पुगेर पुजा गर्ने गरिन्थ्यो तर यो वर्ष पुजारीहरु तल ओर्लिएका थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार राष्ट्रपतिको खुट्टामा समस्या देखिएकाले पुजारीहरु नै तल झरेको हुन्।

‘उहाँलाई माथि चढ्न समस्या भएकाले तलै पुजा गर्नुभयो’, उनले भने। उनले करिब पन्ध्र मिनेटमा पुजाआजा सकेर फर्किसकी थिइन्।  भूकम्पले  भत्किएको उतm मन्दिर गतवर्ष पुननिर्माण सम्पन्न भएको थियो । उतm मन्दिरको उद्घाटन तत्कालिन संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए ।

अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार