होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • डडेल्धुरामा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते
देश/प्रदेश

डडेल्धुरामा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

  • नागरिक रैबार
डडेल्धुरामा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

डडेल्धुरा : जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका-४ सेरागाडमा म १ ज २१० नम्बरको जीप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका-७ तिम्तोलीका ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको हो। अजयमेरु गाउँपालिकाको देवलदिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जीप भागेश्वरमा दुर्घटना हुँदा ३ जना सामान्य घाइते भएको र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ।

घाइते तीनैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। कच्ची सडकको घुम्तीमा जीप अनियन्त्रीत भइ पल्टिएको प्रहरीले जानकारी दिएको छ। जीपमा १५-१६ जना यात्रु रहेको र जीपचालक जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार