होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लैङ्गिक हिसां, कानुनी प्रक्रिया बारे न्यायिक समिति र प्रहरीलाई अभिमुखीकरण
समाचार

लैङ्गिक हिसां, कानुनी प्रक्रिया बारे न्यायिक समिति र प्रहरीलाई अभिमुखीकरण

  • नागरिक रैबार
लैङ्गिक हिसां, कानुनी प्रक्रिया बारे न्यायिक समिति र प्रहरीलाई अभिमुखीकरण

नन्दा थापा/भदौ ८, बाजुरा ।न्यायिक समितिका पदाधिकारी र प्रहरीलाई लैङ्गिक हिसां र कानुनी प्रक्रिया सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । प्रहरी र न्यायिक समितिका सदस्यलाई लैङ्गिक र कानुनी प्रावधान बारेमा अभिमुखिकरण गरिएको हो ।
लैङ्गिक हिसां न्युनिकरणको लागि बहु क्षेत्र समन्वय र साझेदारीका क्षेत्रहरु पत्ता लगाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जपाईगोका जोना भट्टराई बताएकी छन् ।
अभिमुखिकरण लैङ्गिक हिसां विरुद्धका लागि विद्यमान चुनौतीहरु, बाद्यकहरु र सहजीकरण गर्ने तत्वको पहिचान गर्न सक्ने क्षमता विकास गर्न प्रहरी र न्यायिक निकायलाई अभिमुखिकरण तालिम लिईएको उनले बताईन ।
३ दिनसम्म सञ्चालन गरिएको अभिमुकरणमा महिला माथि हुने हिसां न्यनिकरण र घटिसकेपछि प्रहरी र न्यायिक निकाय विच अन्तरसम्वन्ध बलियो बनाउनु पर्ने जस्ता विषयमा छलफल भएको छ ।
जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरिएको अभिमुखिकरणमा लैङ्गिक हिसांका घटना व्यववस्थापन र यसका चुनौती र समस्या समाधान उपायका बारेमा जानकारी गराईएको छ ।
जिल्ला समन्वय समितिको आयोजना सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा बुढीगंगा नगरपालिका न्ययिक समितिका पदाधिकारी, प्रहरीको सहभागिता रहेको छ । अभिमुखिकरणको अधिवक्ता मिरा ढुङ्गाना, जपाईगोका जोना भट्टराई लगायतले सहजीकरण गर्नुभएको हो ।


लैङ्गिक हिसां न्युनिकरणको लागि बहु क्षेत्र समन्वय र साझेदारीका क्षेत्रहरु पत्ता लगाउन सके महिलालाई न्याय दिन सकेको महसुस हुने जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताए । उनले महिलाबाट उजुरी नै कम आउने गरेका कारण आफै हिसां भोग्न बाध्य भएको बताएका छन् । लैङ्गिक हिसां सम्वन्धिका घटना आफुकहाँ आए कानुनी उपचार र न्याय दिन लागि कुनै कसुर बाँकी नराख्ने जिकीर गरेका छन् ।
बुढीगंगा नगरपालिका न्यायिक समितिका संयोजक तारा खातीले कानुनी प्रक्रिया र न्यायिक उपचार दिन गाह्रो भएको बताउदै उनले जपाईगोको अभिमुकरणले मिलापत्रमा सहज हने बताईएकी छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार