होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बसन्ती नेपालीको अन्तिम दाहसंस्कार यसरी गरियो (फोटोफिचर)
बाजुरा बिशेष

बसन्ती नेपालीको अन्तिम दाहसंस्कार यसरी गरियो (फोटोफिचर)

  • नागरिक रैबार
बसन्ती नेपालीको अन्तिम दाहसंस्कार यसरी गरियो (फोटोफिचर)

नागरिक रैबार/बाजुरा ९ भदौ। बाजुराको बडीमालिका नगरपालिका ७ जिल्लीकी २१ वर्षिया बसन्ती नेपालीको ३ दिनपछि सोमबार अन्तिम दाहसंस्कार गरिएको छ ।
नेपालीको सुत्केरी हुने क्रममा गत शनिबार जिल्ला अस्पताल बाजुरामा निधन भएको थियो । उनको हिन्दु परम्परा अनुसार मार्तडीको बाहुली खोलामा अन्तिम दाहसंस्कार गरिएको हो ।

गत शनिबार उपचारका क्रममा मृत्यु भएकि उनको डाक्टरहरुकै लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले सुत्केरीको शव २ दिनदेखि अस्पतालमा राखिएको शव बुझ्न मानेका थिएनन् ।

तर सोमबार जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकबाट मृतकका परिवारलाई न्याय दिने गरि लिखित निर्णय गरेपछि आफन्तहरुले शव बुझेर सोमबार नै अन्तिम दाहसंस्कार गरेको आफन्त प्रेम नेपालीले बताएका छन् ।

विज्ञापन

निर्णयहरु:

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार