होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सर्पको टोकाइबाट आमाको मृत्यु , छोराछोरीको बिचल्ली
देश/प्रदेश

सर्पको टोकाइबाट आमाको मृत्यु , छोराछोरीको बिचल्ली

  • नागरिक रैबार
सर्पको टोकाइबाट आमाको मृत्यु , छोराछोरीको बिचल्ली

धनगढी, ६ भदौ ।  कैलालीमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका- १ घोडाघोडीमा सर्पको टोकाइबाट विहिवार विहान ३२ वर्षिया रानीपुरा न्यौपानेको मृत्यु भएको हो । विहान कच्ची भान्सामा खाना पकाउदै गरेकी ३२ वर्षिया रानीपुरा न्यौपानेको कुनामा राखेको खुर्सानी झिक्ने क्रममा हातमा सर्पले टोकेपछि समयमै उपचार नपाउदा उनको ज्यान गएको हो ।

५ नावालक छोराछोरी वाहेक घरमा पाको मान्छे नभएको उनी छिमेकीलाई समेत खवर नगरी आफै नजिकैको सुखड बजार मेडिकलमा दौडिदै पुगेको र मेडिकलवाट सर्पले टोकेको धनगढी जान सल्लाह दिएपछि मात्र उनलाई गौरिगंगा नगरपालिका बडैपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो । केन्द्रले धनगढी सेती अंचल अस्पताल रिफर गरेपनि अन्तिम अवस्थामा रहेकोले उपचार हुन नसकी निधन भएको हो ।

विज्ञापन

एक कट्ठा ऐलानी जग्गामा बस्दै आएको उनको परिवारमा श्रीमान शंकर न्यौपाने रोजगारीका लागि भारत गएको ४ दिन मात्र भएको छिमेकी धनलक्ष्मी शाहिले बताइन् । कलिलै उमेरमा विबाह गरेकी न्यौपानेको १० , ८,५ र ४ वर्षका ४ छोरी छन् भने ७ महिनाका एक छोरा रहेका छन् ।

उनको निधनसंगै ५ नावालाक छोराछोरीको विचल्ली भएको छ । नावालक छोराछोरीको संरक्षण ,लालनपालनका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाले सहयोग गर्नुपर्ने छिमेकी शाहीले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि