होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तलब पाउँछन, सूचना पाउँदैनन्–सूचना अधिकारी
समाचार

तलब पाउँछन, सूचना पाउँदैनन्–सूचना अधिकारी

  • नागरिक रैबार
तलब पाउँछन, सूचना पाउँदैनन्–सूचना अधिकारी

नागरिक रैबार/बाजुरा ५ भदौ । बाजुराको बडीमालिका नगरपालिकाका सूचना अधिकारी हेम थापाले नगरपालिकाबाट नियमित तलव पाएको भएपनि नगरपालिकाले पद अनुसार आफुलाई कुनैपनि सूचना प्रदान नगरेको बताएका छन् ।
नगरपालिका भित्रका कुनै पनि सूचनाहरु आफु सूचना अधिकारी भएपनि आफुलाई कार्यालयले कुनै पनि सार्वजनिक सूचनाहरुको बारेमा जानकारी नगराउँदा समस्या भईरहेको गुनासो गरेका छन् ।
नगरपालिकामा हुने विभिन्न कार्यक्रमहरुको बारेमा आफुलाई पत्रकार तथा सर्वसाधारण सेवाग्राहीहरुले सोधपुछ गरेपनि आफुले नगरपालिकाको सूचनाबारे कुनै किसिमको जानकारी दिन नसकेको सूचना अधिकारी थापाको भनाई छ ।


आज मात्रै बडीमालिका नगरपालिकाको आधिकारीक फेसवुक पेजबाट कार्यपालिकाको बैठक सम्बन्धि सार्वजनिक सूचना गरि कार्यपालिकाको बैठक बोलाएपनि उक्त बैठकबाट भएका कुनैपनि निर्णयहरुको जानकारी नभएकोले सेवाग्राहीहरुलाई सही सूचना दिन नसकेको स्वीकार गरेका छन् ।बैठक समापन पछि नगरपालिकाकै १ जना वडा अध्यक्षलाई कार्यपालिकाको बैठकले गरेका निर्णयहरुको बारेमा सोधपुछ गर्दा कार्यकारी अधिकृतलाई थाहा होला उनैलाई सोध्नु भन्दै पन्छिएका थिए ।
राज्यले कुनैपनि सार्वजनिक निकायको सार्वजनिक महत्वको विषयहरुका सूचना यथाशिघ्र सर्वसाधारणहरुको पहुँचमा पुर्याउनका लागि संवैधानिक व्यवस्था गरेको छ ।
नेपालको संविधान धारा २७ मा सूचनाको हक नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको छ ।
सूचनाको हक ऐन २०६४ ले पनि दफा ३ को उपदफा (१) मा “प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधिनमा रही सूचनाको हक हुनेछ” भन्ने कानूनी व्यवस्था छ ।

 

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार