होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नाटेश्वरी मन्दिरमा अतिथि गृह निर्माण गरिदै
Breaking News

नाटेश्वरी मन्दिरमा अतिथि गृह निर्माण गरिदै

  • नागरिक रैबार
नाटेश्वरी मन्दिरमा अतिथि गृह निर्माण गरिदै

नागरिक रैबार/बाजुरा ६ भदौ। बाजुराको त्रिवेणी नगरपालिकामा रहेको प्रशिद्ध धार्मिक स्थल नाटेश्वरी मन्दिरमा ८० लाख बराबरको लगानिमा अतिथि गृह निर्माण गरिने भएको छ ।
मन्दिरमा पुजा तथा भ्रमणका लागि आउने श्रदालु भक्तजन र पर्यटकको सुविधालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले उक्त मन्दिरमा अतिथी गृह निर्माण गर्न लागेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाहले देशकै प्रमुख धार्मिक पिठ बडीमालीका, नाटेश्वरी मन्दिरमा दर्शन भ्रमणका लागी आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आधुनिक शैलीको अतिथीगृह निर्माण गर्न लागेको बताएका हुन् ।


मन्त्रि शाहका अनुसार निर्माण हुने अतिथीगृहमा संचार केन्द्र र विशिष्ठ कक्ष सहित खान, बस्न मिल्ने उचित व्यवस्था हुनेछ । बडीमालीका र नाटेश्वरी क्षेत्र देशकै प्रमुख धार्मिक शक्तिपिठी हुदा हुदै पनि विभिन्न कारणले ओझेलमा परेको भन्दै यसको समग्र विकास र यस क्षेत्रलाई एक प्रमुख धार्मिक पर्यटकीय नगरीका रुपमा स्थापित गराउन प्रदेश सरकार पुरै लागिपरेको उनले बताए।

साथै त्रिबेणी नगरपालिकाको पैमामा रहेका भण्डारघर र अतिथीगृह निर्माणका लागी पनि प्रदेश सरकारले ४० लाख रुपैया छुट्याएको छ । त्यस्तै प्रदेश सरकारले बडिमालीका पुग्नका लागि तिन ठाँउबाट सडक निर्माण सुरु गरेको छ ।
पहिलो नाटेश्वरी हुदै बडिमालिका दोस्रो मार्तडीबाट र तेस्रो जगन्नाथ गाँउपालिकाको गोत्रीबाट सडक निर्माणको कार्य सुरुगरिएको छ। नाटेश्वरी, छताराको पन्चपुरी र मार्तडीबाट हुने पदमार्ग निर्माणकालागी पनि काम भैरहेको उनले बताए। मन्त्री शाहले बडिमालीका नाटेश्वरी क्षेत्रलाई केही बर्षमै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै एक मुख्य धार्मिक पर्यटकिय क्षेत्रकारुपमा सुपरिचित गराउन सकिने बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार