होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा मुक्त हलिया समाजका पदाधिकारी तथा हलिया अधिकारकर्मीहरुलाई २ दिने तालिम आज शुरु भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ आयाेजनामा मुक्त हलिया समुदायको प्रतिनिधित्व र पैरवीमा सुधार तथा न्यायिक पुनस्र्थापनाका लागी हलिया समुदायको प्रभावकारी र शसक्त पैरवीका लागी जिल्लामा रहेका मुक्त हलिया समाजका पदाधिकारी […]
२३ भदौ, गोरखा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत जिल्लामा १५ वटा खानेपानी योजना निर्माण भइसकेका छन् । २८ सय ७९ धारा जडान भएर पानी वितरण भइसक्यो । १ सय २० घरधुरी लाभान्वित हुनेगरी आरुघाट गाउँपालिका–१० को चापानी सिंगारे ढुङ्गा चनौटे लिफ्ट खानेपानी योजना पनि बनिसकेको छ । मोवाइल अपरेटिङ सिस्टमबाट पानी लिफ्ट […]
नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुराको बुढीगंगा नगरपालिका ताप्रा चौपाटीमा मा स्वास्थ्य शिविर संञ्चाल गरेको छ । वडा नं. २,३ मा रुघा खोकी र भाइरल ज्वरोका विरामीको चाप बढे पछि स्वास्थ्यकमीर्ले गाउँमा गएर शिबिर संचालन गरेको हो । रुघा खाेकी र भाइरल ज्वरोका विरामीको चाप बढेपछि स्वास्थ्य संस्था भन्दा टाढा रहेका गाउँका बिरामी स्वास्थ्य संस्थामा […]
२२ भदौ, काठमाडौं । वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत बनाइरहेको काठमाडौंको सार्वजनिक यातायातमा सोमबार(भोली)बाट विद्युतीय बसको पुनरागमन हुँदैछ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै छ […]
धनगढी, २२ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी […]
काठमाडौँ — दरबन्दी मिलान नहुँदा संघीय सरकारअन्तर्गतका ४ हजार ८ सय ८४ कर्मचारी जिम्मेवारीविहीन छन् । कार्यालय सहयोगीदेखि ११ औं तहसम्मका अधिकांश फाजिल कर्मचारी संघअन्तर्गतका विभिन्न कार्यालयमा हाजिर गरेर फर्कने गरेका छन् । गत चैतमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुँदा फाजिल कर्मचारी व्यवस्थापन गरिएको थिएन । साविक आकाशवाणी (आवा) का टेलिफोन अपरेटर, टाइपराइटरलगायत कर्मचारी व्यवस्थापन […]
काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपास छ। उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली रहेको छ। मनसुनको न्यून चापिय रेखाको साविक […]
नागरिक रैबार/बाजुरा २० भदौ । बाजुरामा मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मानाईएको छ । शुक्रबार विहान विभिन्न चेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूहरुको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्याल बाजुराको आयोजनामा शुक्रबार मनाईएको […]
रमित विक/भदौ २० बाजुरा।बाजुराको गौमुल गाउँपालिकाले थालेको मदिरा व्यवस्थापनको काम प्रभावकारी बनेको छ । गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि, मदिरा विक्रि वितरण र सेवन गर्नेहरु उल्लेख्य मात्रामा घटेका छन् । गौमुल–६ सटेडाका गोरे मिजारको उमेर ५० वर्ष पुग्यो । उहाँले जाँड रक्सी खान छोडेको ६ महिना भयो । त्यसअघि रक्सी खानकै लागि मिजारले […]
राजेन्द्र बिक/ बाजुरा २० भाद्र। बडिमालिका नगरपालिका भित्रका ८ ओटा माद्यमिक विद्यालय १७ ओटा आधारभूत गरि जम्मा २५ वटा बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा बिद्यालय स्तरीय योजना तर्जुमा कार्यशाला बडिमालिका नगरपालिकाको सभाहल मार्तडीमा सम्पन्न भएको छ । विहिबार सम्पन्न भएकाे कार्यशालामा प्रधानाध्यापकहरुलाइ आआफ्नो बिद्यालयको समस्या पहिचान गरि त्यस समस्याको समाधान गर्न आबश्यक पर्ने कृयाकलापको बार्षिक योजना बनाउन […]
नागरिक रैबार/बाजुरा १९ भदाै। नेपाल रेडक्रस सोसाइटीको ५७ औं स्थापना दिवस बाजुरामा पनि मनाईएको छ । रेडक्रसले ५७ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरेर दिवस मनाएको हो । नेपाल ‘रेडक्रस सोसाइटीले माया अर्थात (love) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटीले सदैब मानवीय […]
राजेन्द्र बहादुर रोकाया/भदौ १९ बाजुरा। गौमुल गाउपालिकाको घट्मुनाबाट काल्चे भिर, दहकोट, तल्दुगुन, मल्दुगुन र पौंदाली हुँदै तीन दिनको पैदल यात्रा पछि मात्र पुगिन्छ उच्च हिमाली भेग छेडेतोली भन्ने स्थानमा । तिन दिनको पैदल यात्रा पछि लेकमा रहेको अनौठो प्रकृतिको प्रबेशद्धार देख्न पाईन्छ । त्यहाँ पुग्ने सबैको मन प्रवेशद्धारले लोभ्याउँछ । गौमुल गाउँपालिकाको वडा नं. २ […]
काठमाडौं । काठमाडौंको पूर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो । नगरपालिकाकाे वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी (भाद्रशुल्क अष्टमी) मा मेला लाग्ने गर्छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ । कागेश्वरीको […]
नागरिक रैबार/बाजुरा १९ भदौ। बडीमालिका नगरपालिका २ घागरका २० वर्षिया चक्र महत । उनी एक सामान्य परिवारमा जन्मेका युवा हुन् । उनको परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनले जेनतेन एसएलसी सम्मको अध्ययन गरे । एसएलसीसम्मको अध्ययन पछि वेरोजगारी समस्याले घरमै बसेका महतमा केही गर्नुपर्छ भन्ने मनमा भावना जाग्यो । तर उनीसंग केही गर्नका लागि घरको […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुरा जिल्लाका कृषकहरुले फलाएका स्याउहरु अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले कृषकहरुले खेतबारीमा फलाएका स्याउलाई बारीबाटै ढुवानी गर्नका लागि सूचना आह्वान गरेको छ । कृषकले फलाएका स्याउहरु बारीमै पुगेर ढुवानी गर्नका लागि कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार/बाजुरा १८ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् । पत्रकार […]
काठमाडौं, १८ भदाै : नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झण्डै २ हजारको संख्यामा कर्मचारी माग गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो । विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड […]
नागरिक रैबार/बाजुरा १७ भदौ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला खेलकुदको कवर्ड हलमा देउडा खेल सुरु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ कि वडा सदस्य देउडा खेलाडी सुना बिक र गौमुल गाउँपालिकाका १ अम्लिसका युवा देउडा खेलाडी भुवन रोकाया विच घम्साघम्सी चलिरहेको छ । पछिल्लो समय लोप […]
नागरिक रैबार/बाजुरा १७ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ गैरीबजारका २४ वर्षिया लालबहादुर विक भारतको दिल्लीस्थित रानीवाग महेन्द्र पार्कबाट सोमबार बेपत्ता भएका छन् । टाउकोको उपचारका लागि डेढसाता अघि मात्र बाजुराबाट भारत गएका विक सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएको उनका आफन्त रोहित चंदाराले बताएका छन् । आफन्त चंदाराका अनुसार विक सोमबार दिउसो ४ […]
नागरिक रैबार/बाजुरा, १७ भदौ । जिल्ला प्रहरी कार्यालय बाजुराले ५ महिनामा ५ सय रोपनी जग्गामा जागेकाे गाँजा नष्ट गरेको छ । प्रहरीले २०७६ बैशाख देखि भदौ सम्म पाँच महिनाको अवधिमा करिब ५ सय रोपनी जग्गामा लगाइएको गाँजा नष्ट गरेको जनाएको छ । प्रहरीले केन्द्रिय नीति अनुरुप बाजुराका ९ वटै स्थानीय तहका विभिन्न गाउँमा पुगेर गाँजा […]