होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • यात्रा
  • दसैंको टिकट असोज ५ गतेदेखि खुल्ने
यात्रा

दसैंको टिकट असोज ५ गतेदेखि खुल्ने

  • नागरिक रैबार
दसैंको टिकट असोज ५ गतेदेखि खुल्ने
फाइल तस्विर

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैँतिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिए। त्यसपछि वैज्ञानिक भाडाादर निर्धारण गरी लागू गरिने हमालले बताए।

विज्ञापन

‘व्यवसायीहरुले मुख्यतः सडक सुधार र सहजीकरणका लागि आग्रह गर्नुभयो, त्यसमा विभागले सहजीकरण गर्नेछ’ हमालले भने ‘३/४ महिनापछि वैज्ञानिक भाडादर निर्धारण गरी सोअनुरुप लागू गर्न विभाग प्रतिबद्ध छ।’ वैज्ञानिक भाडा निर्धारणका लागि बजेट छुट्याइसकिएको उनले जानकारी दिए।

विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने उनले जानकारी दिए। त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रिय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने भएको छ। सो समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्नेछ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक सुधारका लागि आग्रह गरे। ‘समयमै यात्रुलाई गन्तव्यमा पुर्याउनु हाम्रो जिम्मेवारी हो, तर सडकको दूरावस्था सुधार्नुपर्छ, सडकको दूरावस्थाकै कारण यात्रुले सास्ती पाउनुपर्ने अवस्था नहोस्’ सिटौलाले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार