काठमाडौं । नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
यातायातको भाडा वृद्धि नगरे टिकट बुकिङ नखुलाउने अडानमा रहेका यातायात व्यवसायी र सरकारबीच बिहीबार भएको वार्तामा असोज ५ गतेबाट दशैंको लागि टिकट खुला गर्ने सहमति भएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी महासंघका प्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका सरोकारवाला निकायको सर्वपक्षीय बैठकले दशैंका लागि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो ।
दशैं मनाउनका लागि वर्षेनी १५/२० लाख मानिसहरु राजधानी बाहिर जाने भएकाले यात्रुहरुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासचिव सिटौलाले २०६९ सालदेखि भाडा समायोजन गर्न सरकारसँग माग गर्दै आएको र भाडा समायोजन गर्ने विषयमा सरकारले पूर्नविचार गर्नु पर्ने बताए ।
यात्रुहरुले ढिलो गरि भएपनि टिकट बुकिङ खुलेको भन्दै खुसी व्यक्त गरेका छन ।
फेसबुक प्रतिक्रियाहरु