होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
असोज १५, कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका ३ का बल बहादुर गुरुङ र लम्कीचुहा नगरपालिका १ का मंगल बहादुर रावतको करेन्ट लागेर ज्यान गएको हो । आफ्नो घर नजिकै रहेको कटहरको रुख काट्ने बेला करेन्ट लागेर गम्भिर घाईते भएका रावतको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ […]
दशैँ-तिहार लगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने लामो तथा छोटो दुरीका सवारी साधनका व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने व्यवस्था छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित प्रहरीलाई जानकारी गराउन सकिन्छ । लामो दुरीको गाडीका लागि टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका […]
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ । एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी […]
काठमाडौं- दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएयता झण्डै १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन्।६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको […]
थाइराइड ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् ।बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । थाइराइड हुन नदिन घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ । तर अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । केही टिप्सः १. थाइराइडलाई नियन्त्रण […]
रमित विक/असोज १४ बाजुरा। नेपालीहरुको महान चाड बडादशैं हिजोबाट विधिवत रुपमा सुरु भए संगै दशैं मनाउन घर फर्किनेहरुको चाप बढेको छ । यति खेर घर छाडेर बाहिर गएकाहरु दशैँ मनाउन घर फर्कीन थालेका छन् । विशेष गरी कामको लागि देशका विभिन्न भु–भाग र भारतका विभिन्न स्थानहरुमा गएका तथा अध्ययनको शिलशिलामा जिल्ला बाहिर गएकाहरु यतिखेर सामुहिक […]
बाजुरा जिल्लामा पछिल्लो समय यातायातको सहज पुहुँचसंगै युवाहरु सृजनशिल काममा अघि बढेकोमा नेकपा जिल्ला कमिटी सदस्य नरेश कुमार रोकाया र बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले खुशी व्यक्त गर्नु भएको छ । स्वामीकार्तिक अटो पाट्स एवं बजाज कम्पनीको सर्भिस सेन्टर तथा विक्री केन्द्रको संयुक्त रुपमा रिवन काटेर समुद्घाटन गर्दै सो कुरा व्यक्त गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा १३असोज। भदौ १६ गते देखि बेपत्ता भएका जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मार्तडी गैरीबजारका २४ वर्षिया लालबहादुर विक एक महिना पछि शकुसल फेला पारेका छन् । भारतको पन्जबमा विकलाई शकुसल फेला पारेको आभाश बडुवालले बताएका छन् । नेपाल तरुण दल भारत गजियाबद सक्रिय सदस्य टेक बडुवाल र आभाश बडुवालकाे पहँलमा बिकलाइ फेला पारेकाे […]
काठमाडौं । दसैं मनाउनका लागि संघीय राजधानी काठमाडौंबाट सात दिनमा आठ लाख ३५ हजार यात्रु बाहिरिएका छन् । दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १२ गते आइतबारसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् । यस्तै पाँचदेखि ११ गतेसम्म ८० हजार ३४१ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ८८ […]
नागरिक रैबार/बाजुरा १३असोज। बाजुरा जिल्लाभित्रका हिंसा पीडित महिलाहरुका लागि सदरमुकाम मार्तडीमा निर्माण भएको आवासगृह यतिबेला दोहोरा हिंसाको मार खेपिरहेको छ । जिल्लाभित्रका विभिन्न प्रकृतिका घटनाबाट पीडित भएका महिला तथा बालबालिकाहरुको न्यायमा पहँुचका लागि सहज वातावरण सृजना गर्न आवासगृहको निर्माण भएको हो । २०७३ साल जेठबाट संचालनमा आएको उक्त आवासगृह तत्कालिन जिल्ला विकास समिति बाजुराको महिला […]
ललितपुर । वरिष्ठ संचारकर्मी मण्टेश्वरी राजभण्डारीसहित नौं जना महिला सम्मानित भएका छन् । नवनारी मिडियाको १२ औँ बार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा हरेक पेशा र व्यवसायका अनुभवी एवम् दक्ष महिलाहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रतिनिधिसभा सांसद तथा सामाजिक अभियन्ता शान्ता चौधरी, वरिष्ठ संचारकर्मी मण्टेश्वरी […]
काठमाडौं : नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ। सन् २०२० को सुरुवातदेखि अमेरिकी अनुदान सहयोगका कार्यक्रम कसरी कार्यान्वयन गर्ने, त्यसको वित्तीय व्यवस्थापन, भुक्तानी लगायतका विषय यस सम्झौतामा समावेश छन्। सम्झौतामा अर्थमन्त्री डा. युवराज खतिवडा र एमसीसीका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। अमेरिकाले एमसीसी अन्तर्गत गोरखपुर–बुटवल प्रसारणलाइनसहित ३०० किमी उच्च क्षमताको […]
काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ ।नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने […]
नागरिक रैबार/बाजुरा १२ असोज। वर्षातका कारण आसिंक रुपमा बन्द भएको मार्तडी– गौमुल ग्रामिण सडक संचालनमा आएको छ । पहिरोका कारण आसिंक रुपमा अवरुद्ध बनेको सो सडक मर्मत गरिएपछि शनिबारबाट नियमित संचालनमा आएको हो । सडक खुलेसँगै सदरमुकाम मार्तडीको ठुलीसाँगु खोलादेखि गौमुलको घट्मुना सम्मको सडक संचालनमा आएपछि आवत जावत गर्न सजिलो भएको बडीमालिका २ का स्थानीय […]
अत्तरिया – कैलालीको अत्तरियामा ट्रकको टक्करवाट एक बृद्धाको मृत्यु भएको छ । आज साझ बझाङवाट दाङ तर्फ जादै गरेको ना १ क ७८४१ नम्बरको ट्रकको टक्करवाट गम्भिर घाईते कञ्चनपुरको भिमदत्त नगपालिका वडा नं ९ बह्रमदेव बस्ने ७० बर्षिया मानमति भट्टको उपचारका क्रममा मृत्यु भएको हो । गोदावरी नगरपालिका वडा नं २ अत्तरिया स्थित पाहाड रोडमा उनलाई […]
काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले उपलब्ध गराएको सो […]
नायक विराज भट्टले आफ्नो स्टाइललाई नछाडेको चलचित्र ‘साङ्लो’को फस्टुलकबाट पनि वुझ्न सकिन्छ । आफ्नो एक्सन स्टाइललाई अगाडि बढाउँदै विराजले आफू निर्मित तथा निर्देशित चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेका छन् । विराजले निर्देशन गरेको यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुने भएको छ । सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने बताइएपनि काम […]
१२ असोज, काठमाडौं । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा […]
देशका अधिकासं स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौमस पुर्वानुमान महाशाखाले जनाएको छ। पूर्व, मध्य र पश्चिमका केहि स्थानमा भारी बर्षासमेत हुने महाशाखाकी मौसमवीद् विभूती पोखरेलले जानकारी दिए। भारी बर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउन सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ। बिशेषगरी पूर्वी क्षेत्रमा दिउँसो भारी बर्षा हुनसक्ने […]
काठमाडौं : कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार पाल काठमाडौं परिसर तानिएका छन्। शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक पवन भट्टराई नेतृत्वको अनुगमन टोलीलाई निरिक्षक पालले ‘चेन अफ कमाण्ड’ विपरीत गालीगौलज गरेपछि विभागीय कारबाहीको लागि उनलाई परिसर तानिएको […]