होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • नेता, कर्मचारी र जनतालाई एक कर्मठ सिपाहीको शुभकामना !
विचार/ब्लग

नेता, कर्मचारी र जनतालाई एक कर्मठ सिपाहीको शुभकामना !

  • नागरिक रैबार
नेता, कर्मचारी र जनतालाई एक कर्मठ सिपाहीको शुभकामना !

एक आफुलाई देशको सिपाही बताउने प्रहरी कर्मचारीले हिन्दु नेपालीहरुको दशै पछिको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा आफ्नो अनुहार पुस्तिकामा शुभकामना व्यक्त गरेका छन । उहाँले व्यक्त गरेको शुभकामना सन्देश यस्तो छ ।

उहाँले यस्ता थुप्रै खालका लेख,रचना तथा आफ्ना मनोभावहरु समेत लेख्दै आएका छन । जसमा उहाँले देश सबै भन्दा ठुलो हुने भएकाले देशको स्वाभिमान को लागी सबैले लागी पर्नु पर्ने कुराहरु बताएका छन । समाजका सबै बिकृति तथा बिसङ्गतीहरुको उन्मुलन गर्दै समाज र समाज प्रतिको दृष्टिकोण सबैको सकारात्मक भएमा मात्रै समाजको बिकास हुने कुरा समेत उहाँका लेखहरु बाट पाउन सकिन्छ ।

एकातिर उहाँका लेखहरुबाट सामाजिक भावना र अर्को्तिर मान्छेको सफल जिन्दगीको लागी बिभिन्न खालका उदाहरणहरु समेत झल्काएका उहाँका लेखले मानिसको जिवन समेत परिवर्तन गर्न सक्छ भन्ने कुरामा समेत विश्वास राख्न सकिन्छ । म देशको सिपाही हु देश नै मेरो लागी काफि छ ।

विज्ञापन

म बाच्दछु वा बाच्दिन तर मेरो देश सधै बाचिरहेने छ भन्ने खालका थुप्रै उहाँका प्रेरक भनाइहरु समेत रहेका छन । उहाँले बोलेका हरेक कुराहरुमा राष्ट्रियता भेटिन्छ । आफु देशको सुरक्षाकर्मी भएता पनि म देशको सुरक्षाकर्मी नभएर जनसेवक र राष्ट्रको सिपाही हु भन्दै उहाँ भन्नुहुन्छ ।

आज भन्दा केही दिन अगाडी उहाँले सिपाहीको दशै अनि त्यो रात, प्रहरी जिवनको आफ्नै कथा र व्यथा नामक लेखहरु लेखेका थिए ति लेखहरुमा पनि राष्ट्रियताको कदर गर्नु पर्छ भन्ने खालका कुराहरु भेटिन्छन । अहिलेको यो उहाँको अनुहार पुस्तिकामा लेखिएको शुभकामना सन्देशमा नेपाल शान्तिका अग्रदुत महामानव गौतम बुद्ध जन्मेको देश भएकाले यो देशलाई सधै शान्ती चाहिने कुरा व्यक्त गरेका छन ।

लेखक: उमेश प्रसाद अवस्थी जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत जवान हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार