होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • ट्राभल
  • भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस
ट्राभल

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

  • नागरिक रैबार
भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो।

दिवा तथा रात्रि सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक दुई सय को हाराहारीमा बस सञ्चालन भए पनि पर्यटकीय क्षेत्र लेकसाइडबाटै पहिलोपटक सेवा शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए। सेवा सञ्चालनबाट पोखरा घुम्न आउने पर्यटकले प्रत्यक्ष लाभ लिने भएकाले पर्यटन प्रवद्र्धन तथा आन्तरिक भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने उनकोे भनाइ छ।

 सेवा शुरु भएपछि पर्यटक लेकसाइडसम्म सिधैँ आउन सक्ने भएकाले पनि उनीहरूलाई सहज हुने कम्पनीले जनाएको छ। “भ्रमण वर्ष सफल बनाउन यातायात क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ, त्यसका लागि हामीले यस क्षेत्रको सुधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ”, केसीले भने। सो प्रालिले केही समयमा नै अनलाइन टिकट बुकिङ सेवासमेत सञ्चालन गर्ने जनाएको छ। पोखरादेखि काठमाडौँसम्मको भाडादर प्रतिव्यक्ति रु ७ सय तोकिएको छ। प्रालिका एक हजार दुई सय सवारी साधनले पोखराबाट देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरूमा दिवा तथा रात्रि सेवामा यातायात सेवा प्रदान गर्दै आएका छन्।  रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै