होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संगिता तिमिल्सेना /बाजुरा २७ असार। वडीमालिका नगरपालिकाका ५ वटा वडा एकैसाथ साक्षर वडा घोषणा गरिएका छन् । नेपाल सरकारले पुर्ण साक्षर घोषणा गर्नका लागि पुर्याउनु पर्ने निर्धारित सुचक पुरा गरेकाले शुक्रबार एक कार्यक्रमका बिच नगरपालिकाका वडा नं २, ३, ४, ८ र ९ लाई पुर्ण साक्षर वडा घोषणा गरिएका हुन् । वडा नं ८ मा […]
काठमाडौ – लगातारको वर्षासँगै राजधानीको कंलकीस्थित खोला छेउको क्षेत्र डुबानमा परेको छ। कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु भयानक रुपमा डुबानमा परेका हुन्। डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन्। कोही भने घरकै माथिल्लो तलातिर रहेका छन्। यस्तै पानी परिरहे काठमाडौंका […]
काठमाडौं । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ । विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय […]
नागरिक रैबार /बाजुरा २७ असार । लगातारको वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको जडिवुटी संकलन केन्द्रको भवन भत्काएको छ । विहिबार साँझ देखि परेको लगातारको वर्षासंगै भवन माथिबाट आएको बाढी÷पहिरोका कारण जडिवुटी संकलन केन्द्रको भवन भत्किएको स्थानीय मीनबहादुर कटुवालले बताएका छन् । बाढी र पहिरोका कारण भवनको पछाडिको पर्खाल भत्किएपछि जडिवुटी […]
असार २७, २०७६ महेन्द्रनगर – कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् । स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का […]
काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् । बिहान ७ बजेदेखि १०ः५० बजेसम्म कहाँ के भयो ? मिति २०७६/०३/२७ गते […]
२७ असार, काभ्रे काभ्रेको बनेपा नगरपालिका–३ मा पहिराले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ । बुहारी सुशीला र अर्की […]
काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागी उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमाबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ। यति एयरको उडान नम्बर एनवाइटी ४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए। विमानस्थल श्रोतका अनुसार जहाजका दुई यात्रु घाइते […]
काठमाडौं, असार २७ । चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए । ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो’, पत्र […]
अछाम, असार २७ । अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलबार नगरपालिका–५ का भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई वडाको कीर्तिपुरमा ठक्कर दिँदा मृत्यु भएको हो । अछामबाट नेपालगञ्जका लागि गएको ना ६ ख ४४५२ नम्बरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चालक बर्दियाको मदुबन नगरपालिका–४ का ४२ वर्षीय […]
काठमाडौं। (अभिनेत्री शिल्पा पोखरेल र उनका फिल्म निर्माता श्रीमान छवि ओझाबीच सतहमा आएको विवादको जरो घरेलु हिंसा भनिएको छ। शिल्पाले आफू असुरक्षित भएको भन्दै प्रहरी गुहारेपछि हामीले दुबै पक्षका भनाइ समेटेका थियौं। बिहीबार मात्रै प्रहरीसमक्ष निर्माता ओझाले माफी मागेको समाचार आएको छ। यसैबीच, घटना र यसको सरोफेरोमा रहेर शिल्पा पोखरेलले नेपाल लाइभ सहकर्मी अनिल यादवसँग […]
दयाराम पण्डित, बाजुरा । त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बुढगंगा नदी थुनिदै आएको छ । बुधबार साँझवाट निरन्तर वर्षे झरी संगै पहाड खस्ने क्रम जारी छ । बुढिगंगा नदी थुनिदा नदी किनार आसपासका जनता त्रसित छन् । पहिरो खस्ने र नदी थुनीने क्रमम बढ्न थालेपछि सांफे–मार्तडी […]
नागरिक रैबार/बाजुरा २६ असार । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ लाई साक्षर वडा घोषणा गरिएको छ । विहिबार वडा नं. ७ लाई बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा एक औपचारिक कार्यक्रमका वीच साक्षर वडा सदस्य एंव शिक्षा संयोजक धनलाल पाध्यायले साक्षर वडा घोषणा गरेका हुन् । सेभद् चिल्ड्रेन÷पीसविन बाजुराको सहकार्य बडीमालिका नगरपालिकाको समन्वय÷सहयोग तथा […]
२६ असार, काठमाडौं । बिहीबार र शुक्रबार देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारले आह्वान गरेको छ । विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला […]
डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको हो। यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो […]
कंचनपुरको पुनर्वासमा आफ्नै बुवाबाट छोरी बलात्कृत भएकी छिन । बेलौरी र पुनर्वासको सिमा क्षेत्र पर्ने पुनर्वास नगरपालिका-१,बन्धाताल टोलमा आफ्नै जन्म दिने बुवाबाट छोरी बलात्कृत भएकी हुन । बुधबार १४ वर्षिय आफ्नै जेठी छोरी एनिसा नेपाली (नाम परिवर्तन ) लाई बलात्कार गरेको आरोपमा ३९ वर्षिय कालू नेपाली (नाम परिवर्तन ) पक्राउ परेका हुन । मंगलबार राती […]
नागरिक रैबार/बाजुरा २५ असार । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवालले नगरबासी जनताको सोच मात्र बदल्ने हो भने सम्मृद्ध नगरपालिका बनाउन सहज हुने बताएका छन् । नगरबासीलाई खुसी र सुखी बनाउने अभियानमा आफू अनवरत रुपमा लागि रहेको बताउदै उनले जनताको सोच परिवर्तन नभए सम्म सम्भव नहुने बताएका छन् । उनले भने “हामी नगर बदल्ने अभियानमा […]
यतिवेला बाजुराका ९० जना युवाहरू नेपाल प्रहरीको सरकारी जागीरे बन्न सफल भएकोमा पुरै बाजुरा जिल्लाले नै खुशीयाली मनाएको छ । यसका लागि ति युवा र त्यसमा सहयोग गर्ने सम्पूर्ण महानुभाव ज्युहरु धन्यवाद्का पात्र हुनुहुन्छ । अब नेपाल प्रहरी र नेपाली सेना लगायत निजामती क्षेत्र र शैक्षिक क्षेत्रमा यसै गरी बाजुराको प्रतिनिधित्व हुन सकेमा हाम्रो पहुँच […]
काठमाडौँ, २५ असार । देशका विभिन्न स्थानमा बाढीरपहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले हालै जल […]
असार २५, कैलाली | कैलालीमा नालीमा जमेको पानीमा डुवेर दुई बालकको मृत्यु भएको छ | जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ मा सहदेव बुढाका ६ बर्षीय छोरा सुशान्त बुढा र सोही ठाउँका शेरवहादुर बुढाका ६ बर्षकै छोरा हनी बुढाको नालीमा जमेको पानीमा डुवेर मृत्यु भएको हो। मंगलवार दिउसो खेल्न गएका दुवै जना साँझ सम्म पनि […]