होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हिउँदे खेतीका लागि प्रदेश १ मा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ। प्रदेशका १४ जिल्ला र प्रदेश २ को सिरहा र सप्तरी गरी १६ जिल्लामा कम्पनीमार्फत किसानलाई सरकारी अनुदान प्राप्त रासायनिक मल आपूर्ति भइरहेको कम्पनीका सहायक प्रबन्धक नवरत्न गौतमले बताए। हिउँदे मौसमका लागि १३ हजार ५०० मेट्रिक टन युरिया र ११ […]
अछाम — अछामकाे छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. १ को वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा स्थानीयहरुले शान्तिपूर्ण रुपमा हर्षोलासका साथ मतदाताहरुले मतदान गरेका छन् । छतारामा रहेको छतारादेवी आधारभुत विद्यालयकाे प्रागणमा विहान ७ बजेबाट सूरु भएको मतदान अहिले साँझ ५ बजेसम्म शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । […]
राजेन्द्र बिक/ बाजुरा १४ मंसिर । जिल्लाको बडिमालिका नगरपालिका वडा न.६ कोर्धमा रहेको शहरी स्वास्थ्य केन्द्र मा पुर्व सहमती कार्यान्वयन नगरेको भन्दै भवन स्थलमा रहेको जग्गा धनी लगायत स्थानिय दलित समुदायका व्यक्तिहरुले शविबार तालाबन्दी गरेका छन् । स्वास्थ्य केन्द्र को भवन बनाउने बेला मलाइ कार्यालय सहयोगी बनाउंला भनी सहमती गर्दा मैले निशुल्क जग्गा दिएको तर […]
उच्चस्तरीय भेटवार्ता काठमाडौं : सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली आगामी २४ गते चीन जानेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। “सामान बोकी जान्छन उनी दीनदुखीलाई भेट्न, सक्ने प्रयास गर्ने गरेकै छन् मनको पीडा मेट्न” गरिव दुखी जनताको सेवा गर्ने काम बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम, सहयोग गर्ने सवैकन प्रकाशले हात जोड्छन निरास भाका दीनदुखीको जीवन नै मोडदिन्छन् गरिव दुखी जनताकोे सेवा गर्ने काम बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम” यी […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराका नवनियुक्त अध्यक्ष भरत थापाले स्वास्थ्य क्षेत्रमा बोलेर मात्र नभई काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जिल्ला अस्पताल बाजुरामा आफ्नो अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले स्वास्थ्य क्षेत्र भनेको अत्यन्तै समवेदनशील र जनताहरुको प्रत्येक्ष जीवनसंग जोडिएको संस्था भएकोले स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। बाजुरा जिल्ला अस्पतालमा कार्यरत सर्जरी तथा प्रसुति चिकित्सक डाक्टर दुर्गाराज महर्जनको विदाई गरिएको छ । शुक्रबार बाजुरा जिल्ला अस्पतालले एक भव्य कार्यक्रमको आयोजना गरेर डाक्टर महर्जनको विदाई गरेको हो । डाक्टर महर्जन वि.स. २०७३ साल मंसिर १८ गते बाजुरा जिल्ला अस्पतालमा हाँजिर भएका थिए । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि […]
इटहरी–समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् । इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता […]
काठमाडाैं । अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट […]
सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने खप्तड क्षेत्रलाई देशभित्र र बाहिर चिनाउन यहाँका स्थानीयवासी र सङ्घ संस्था अग्रसर भएका छन्। कुनैबेला निगालोको जङ्गलका रुपमा चिनिँदै आइएको खप्तड क्षेत्रलाई पछिल्लो समय सुदूरपश्चिमका स्थानीयवासी प्रकृतिले दिएको अनुपम उपहार भन्दै संसारभरि चिनाउन लागिपरेका छन्। असाधारण तपस्वी खप्तड बाबाले ५० वर्ष तपस्या गरेपछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई […]
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी […]
नागरिक रैबार/बाजुरा १० मंसिर। प्रतिनिधि सभा सदस्य माननीय लालबहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट १० लाखको लागतमा निर्माण हुन लागेको दैयारा सिचाई कुलोको सिलानास गरिएको छ । बडीमालिका नगरपालिका ९ स्थित गणखेतमा निर्माण हुन लागेको उक्त सिचाई कुलोको मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराका जिल्ला कमिटी सदस्य काँशी विकले सिंचाई कुलोको जगमा ढुंगा र […]
बाजुरा । सदरमुकाम मार्तडीदेखि कम्तीमा दुई दिनको दुरीमा पर्ने जगन्नाथ गाउँ पालिका–५ गोत्री की ३५ बर्षिया पुल्ती रावलको साल नझरेका कारण मंगलबार राती मृत्यु भएको छ। घरमै सुत्केरी भएकी रावलको साल नझरे पछि सामुदायिक इकाई गोत्रीमा अचेत अबस्थामा उपचारका लागि ल्याएको थियो । स्वास्थ्य ईकाईमा साल निकाले पछि होसमा आएकी थिईन् तर रक्तश्राप नरोकीएकी रावल […]
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ’समानताको पुस्ता स् बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन […]
मंसिर ७, २०७६ काठमाडौं : दलितका मुद्दालाई मूलप्रवाहीकरणमा ल्याउन र दलित समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ क्रियाशील दलित पत्रकार संघ नेपाल (आड्जोन) गठन भएको छ। नागरिक दैनिकका पवित्रा सुनारको अध्यक्षमा १३ सदस्यीय संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो। संघको उपाध्यक्षमा रेडियो नेपालका टीकाराम सुनार, महासचिवमा सिआइएन रेडियोका केशव भुल, सचिवमा अनलाइनखबरका विश्वास […]
नेपालीको ठूलो चाड विजयादशमी र दीपावली लगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन्। दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न शुरु गरिसकेका छन्। उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल हुन छाडेको डोटीको जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल […]
काठमाडौं । आर्थिक वर्ष (२०७६/७७) को पाँचौ महिना चलिरहँदा समेत ३७ स्थानीय तहले बजेट पारित गर्न सकेका छैनन् । संविधानको प्रावधानअनुसार अब उनीहरुले संघबाट पाउने अनुदान रोकिने भएको छ । सबै तह (संघ, प्रदेश र स्थानीय) का सरकारले अघिल्लो आर्थिक वर्षभित्रै बजेट सम्बन्धित सरकारको व्यवस्थापिकामा पेश गरी पारित गर्नुपर्ने संविधानमा स्पष्ट व्यवस्था छ । नयाँ […]
आजको युग लोकतान्त्रिक बिज्ञानको युग हो । बिज्ञानका हजारौं तथ्थहरुले मान्छे सबै एउटै भन्ने कुरा प्रमाणित गरिसकेको छ । यो एकपटक मात्र होईन । सयौं पटक प्रमाणित भईसकेको छ । हिन्दु धर्मका नाममा कथित पण्डित बाह्मण भन्नेहरुले धर्मको नाममा जातीय भेदभाब तथा छुवाछुत प्रथालाई कामय गरिरहेका छन । त्यसैको सहाराले दलित समुदायलाई कथित अछुत र […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले आफ्नो ४८ औं जन्मदिन धनगढीस्थित आमाको छात्रबासमा मनाएका छन् । विहिबार मन्त्री शाहले आफ्नो ४८ औं जन्मदिनकाे अवसरमा धनगढीस्थित आमाको छात्रावासमा पुगेर छात्रबासमा आश्रित अनाथ बालवालिकाहरुसंग मनाएका हुन् । जन्मदिनको अवसरमा मन्त्री शाहले छात्रबासमा रहेका अनाथ बालवालिकाहरुका लागि खाद्यान्न तथा फलफूल समेत […]