होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गजेन्द्र बस्नेत । काठमाडौँ- किर्ते कागज पेश गरी विदेशी नागरिकले नेपाली नागरिकता लिने समस्या वर्षौंदेखिको हो । प्रहरीको तथ्याङ्कअनुसार मुख्य गरी नेपालको तराई क्षेत्रमा यो समस्या बढी देखिएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार विशेष गरी भारतसँगको सीमावर्ती क्षेत्रहरूमा नक्कली आफन्त खडा गरी नागरिकता लिने काम हुने गरेको छ । यसरी नक्कली नागरिकता […]
सरिता नेपाली बाजुरा १० मंसिर । बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले लैङ्गिक हिंसा विरुद्ध लड्न सब एक जुट भएर लाग्न् पर्ने बताएकी छन् । विगतका वर्षर्झैँ यसवर्षपनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बाजुरामा संचालन गरिएको उक्त कार्यक्रममा सो कुरा बताएकी हुन् । “लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्वता, व्यक्ति समाज र सबैको ऐक्यबत्द्वता”भन्ने मुल नाराका साथ […]
९ मङ्सिर, गलकोट । जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न […]
११ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ […]
मदन वि.क. बाजुरा ९ मंसिर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः बाजुरामा पनि देखिन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको सचिवालय बैठक सोमबार बस्ने भनिएको भएपनि प्रचण्ड-नेपाल समूह र ओली समूहका सचिवालय सदस्यहरु वीच आपसि समजदारी हुन् नसकेपछि सोमबारको […]
जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले […]
सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् । स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र […]
युवाजति रोजगारीका लागि भारत तथा अन्य देश जाँदा डडेल्धुराका धेरै गाउँ सुनसान छन् । दसैँ-तिहारबाहेक अन्य समयमा गाउँघरमा वृृद्धवृृद्धा, महिला र बालबालिका मात्रै देखिन्छन् । एसईई दिएर यहाँका धेरै युवा रोजगारीको खोजीमा भारत जान्छन् । उनीहरू दसैँ-तिहारको समयमा मात्रै घर फर्किने गर्छन् । जिल्लाको अजयमेरु गाउँपालिका-३ गुनपालका भानबहादुर मल्ल पनि लामो समय भारतमा बिताएर अहिले […]
प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पूर्वगाविस अध्यक्ष र सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङको पथरीस्थित तात्कालीन गाउँ विकास समितिका पूर्वअध्यक्ष तिलक बान्तवा राईको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ६६ वर्षीय राईको मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालको आइसोलेसन प्रमुख […]
९ मंसीर, जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको […]
नागरिक रैबार/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट साढे ४ घण्टा बत्ति जाने भएको छ । त्रिवेणी बचत तथा रिण सहकारीद्धारा संचालनमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रले एक मगलबार सार्वजनिक सूचना जारी गर्दै आजबाट मार्तडीमा साढे ४ घण्टा बत्ति जाने बताएको छ । पछिल्लो समयमा विद्युतको अत्याधिक माग भएको र त्रिवेणी साना जलविद्युत केन्द्र संग […]
पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढ्नुभएको हेलिकोप्टर कार्यक्रमस्थल पुग्न सकेन । इलामको […]
धनगढीः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना मुक्त भएको जानकारी दिएका हुन् । मन्त्री सुवेदीलाई गत मंसिर १ गते कोरोना पुष्टि भएको थियो । आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएकाे उनको सचिवालयले जानकारी दिएको थियो ।उनले दिप प्रज्वलन गर्ने र स्वास्थ्य […]
धनगढीः बैतडीको झुलाघाट सीमा नाका ५ दिनका लागि खुल्ला गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार सोमबारदेखि ५ दिनका लागि सीमा नाका खोलिएको हो । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नेपाल–भारत सीमा नाका खोलिएको हो । भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको उनले बताए […]
आदरणीय नगर प्रमुख ज्यु नमस्कार! आराम छु ।आरामको कामना गर्दछु । मैले तपाईंलाई यो पत्र लेखिरहदा तपाईंलाई कतै अचम्म त ठिकै हो ।भन्ने अनुभुती होला भन्ने अपेक्षा गरेको छु। राजनीतिक तवरले मैले तपाईंको अगाडि बोल्दा“बिरालोका अगाडि मुसाको नाच“भनेझैं होला तर मलाई कुनै राजनीतिक पुर्वाग्रह र मेरो कुनै तपाईं प्रति विरोध नभई मैले मेरो क्षेत्रबाट सुझाव […]
९ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । आगो निभाउन दमकल आए पनि […]
९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट […]
सरिता नेपाली/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा सार्वजनिक शौचालय नहूदाँ सर्वसाधरणलाई शौच गर्न निकै सास्ती भएको छ । सार्वजनिक शौचालय भएपनि व्यवस्थापन गर्न नसकेपछि शौच गर्न सर्वसाधारणलाई सास्ती भएको हो । सार्बजनिक शौचालय निमाणर् भएको वर्षौ दिन वितिसक्दा पनि व्यवस्थापन र उचित वातावरण नबन्दा पैदल यात्रु तथा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । सार्वजनिक शौचालय […]
बुटवल । गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् । घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर […]
९ मंसिर, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको […]