होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बागलुङको ताराखोला गाउँपालिकामा पहिलोपटक चिकित्सक
समाचार

बागलुङको ताराखोला गाउँपालिकामा पहिलोपटक चिकित्सक

  • नागरिक रैबार
बागलुङको ताराखोला गाउँपालिकामा पहिलोपटक चिकित्सक

९ मङ्सिर, गलकोट । जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् ।

नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

 

विज्ञापन

ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न गरेको बहुउद्देश्यीय सभाहलमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालन गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

सरकारले पाँच श्ययाको कोरोना अस्पताल निर्माण गर्न पठाएको १० लाख बजेटबाट श्यया सेट, आवश्यक उपकरण खरिद गरी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक उदित थापाले जानकारी दिए ।

‘अस्पताल तयारी अवस्थामा छ, गाउँपालिकामा जम्मा एकजना मात्रै सक्रिय सङ्क्रमित भएकाले उहाँ गाउँपालिकाको आइसोलेसनमा हुनुहुन्छ, अस्पतालले कोरोनाको लक्षण देखिएका बिरामीको मात्रै उपचार गर्नेछ’ उनले भने ।

थापाका अनुसार, अस्पताल स्थापनासँगै पहिलोपटक चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ । अस्पतालमा हालै मात्र मेडिकल अधिकृत सुवास लामिछाने नियुक्ति भएर सेवा दिन गाउँपालिका आएका छन् ।

सरकारले ‘एक गाउँपालिका–एक अस्पताल’ निर्माण गर्ने लक्ष्यअनुरुप सो गाउँपालिकाले सोही स्थान नजिकै अस्पताल भवन निर्माण गर्न थालिएको छ । अस्पताल बनाउनका लागि नेपाल सरकारले ७० लाख बजेट विनियोजन गरी पठाएको छ । अस्पताल निर्माणका लागि आवश्यक सात रोपनी जग्गा व्यवस्थापन भइसकेर निर्माणको चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा हालसम्म सङ्क्रमितको सङ्ख्या २० पुगेको छ भने सक्रिय सङ्क्रतिको सङ्ख्या भने एकजना मात्रै रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अस्थायी कोरोना अस्पतालमा हाल नेपाल सरकारले तोकेको एकजना मेडिकल अधिकृत, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्ति भएर हाजिर भइसकेका छन् ।

कोरोनाका कारण गाउँपालिकामा पहिलो पटक चिकित्सक आउँदा अन्य स्वास्थ्य समस्यासमेत समाधानमा सहयोग पुग्नेछ । कोरोना अस्पतालमा आईसीयू र भेन्टिलेटरबाहेक अन्य सबै सेवा प्रदान गरिनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार