होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडा अध्यक्ष नै दिलाउँछन् विदेशीलाई नक्कली नागरिकता
समाचार

वडा अध्यक्ष नै दिलाउँछन् विदेशीलाई नक्कली नागरिकता

विज्ञ भन्छन्- सुरक्षा थ्रेट बढेको छ

  • नागरिक रैबार
वडा अध्यक्ष नै दिलाउँछन् विदेशीलाई नक्कली नागरिकता

गजेन्द्र बस्नेत ।  काठमाडौँ- किर्ते कागज पेश गरी विदेशी नागरिकले नेपाली नागरिकता लिने समस्या वर्षौंदेखिको हो । प्रहरीको तथ्याङ्कअनुसार मुख्य गरी नेपालको तराई क्षेत्रमा यो समस्या बढी देखिएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार विशेष गरी भारतसँगको सीमावर्ती क्षेत्रहरूमा नक्कली आफन्त खडा गरी नागरिकता लिने काम हुने गरेको छ । यसरी नक्कली नागरिकता लिनेमध्ये अधिकांश भारतीय र बंगलादेशी छन् ।

प्रहरी अनुसन्धान अनुसार यसरी नागरिकता लिने धेरैले शैक्षिक प्रमाणपत्र, स्थानीय तहको सिफारिस तथा प्रहरीको सर्जमिनलगायतका कागजपत्र नक्कली पेस गर्ने गरेका छन् । केहीले भने सरकारी कर्मचारीकै मिलेमतोमा नक्कली नागरिकता लिएका छन् ।

विज्ञापन

पछिल्लो २ महिनाका केही उदाहारण

गत कात्तिक १४ गते एक भारतीयलाई नागरिकता दिलाउन नक्कली बुबा खडा गरेरर सिफारिस गरेको आरोपमा कैलालीमा एक जना वडाध्यक्ष पक्राउ परे । धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशीलाई भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप छ ।

प्रहरीका अनुसार उनले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर सिफारिस गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतीक विष्टले भने, ‘चौधरीलाई नक्कली बुबा बनाएर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको हो, अहिले उनी धरौटीमा छुटेका छन् ।’ यही आरोपमा अन्य चार पक्राउ परेका थिए ।

कात्तिक पहिलो साता सम्पत्तिको प्रलोभनमा दुई भारतीयले कपिलवस्तुबाट नेपाली नागरिकता बनाएको खुलेको थियो । भारतको शोहरतगढ जिल्ला, ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका–१ बाट नेपाली नागरिकता लिएका थिए ।

बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गराएका छन् । दुवै नागरिकता जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते लिएका थिए । महाराजगञ्ज–१ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको पाइएको छ ।

अपराधशास्त्री माधव आचार्य भन्छन्, ‘भारतीय सीमावर्ती क्षेत्रमा नागरिकताको मुद्दा निकै ठूलो समस्याको रूपमा देखिएको छ । अवैधरूपमा नेपाली नागरिकता विदेशीको हातमा पुग्नु सुरक्षाका हिसाबले हेर्दा डरलाग्दो कुरा हो ।’

बालजीको भारतीय पिताको नाम भिखी यादव हो । भारतको मतदाता सूचीमा सो दम्पतीको नाम रहेको जनाइएको छ । उनकी श्रीमतीको नाम भने दुवैतिर एउटै छ । कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले नक्कली नेपाली नागरिकता लिनेमाथि कानूनी प्रक्रिया अघि बढेको बताए ।

भारतीयलाई नागरिकता दिलाउने अर्का एक जना असोज पहिलो साता सर्लाहीमा पक्रउ परे । उनी सर्लाहीको बरथवहा नगरपालिका–२ घर भई हाल हरिवन नगरपालिका–१०, ताईवान सुकुम्वासी टोलमा बस्ने ५२ वर्षीय गिर्जबहादुर भण्डारी हुन् ।

उनले २०७६ पुस ३ गते झुठो विवरणको आधारमा भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नेपाली नागरिकता दिलाउन सिफारिस गराएका थिए । नक्कली नागरिकता लिने भारतीय पनि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार भण्डारीले भारतको सीतामढी, बगमढी ग्राम पञ्चायत घर भएका २५ वर्षीय सीताराम सिंह राजपुतलाई निरज भण्डारी नाम राखेर नेपाली नागरिकता दिलाएका थिए ।

कैलाली, कपिलवस्तु र सर्लाहीका यी तीन घटना पछिल्लो दुई महिनामा सार्वजनिक भएका प्रतिनिधि घटना हुन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज) सम्ममा देशभर नागरिकता सम्बन्धी १२ वटा मुद्दा दर्ता भएका छन् । यीमध्ये सबैभन्दा बढी प्रदेश २ मा ५ वटा छन् ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो ३ वर्ष ३ महिनामा नक्कली नागरिकतासम्बन्धी देशभर २५१ वटा मुद्दा दर्ता भएका छन् ।सबैभन्दा बढी प्रदेश २ मा ९० वटा छन् । प्रदेश १ मा ६४ वटा मुद्दा छन् ।

प्रदेश ५ मा प्रहरीले २७ वटा मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यकामा १५ वटा, बागमती प्रदेशमा २० वटा, गण्डकी प्रदेशमा १९ वटा, कर्णाली प्रदेशमा ९ वटा र सुदूर पश्चिम प्रदेशमा ४ वटा मुद्दा दर्ता छन् ।

कानूनी व्यवस्था
नागरिकता प्रमाणपत्र वितरण कार्य सञ्चालन निर्देशिका, २०७० अनुसार नागरिता ऐनको दफा २१ को उपदफा ९(१०) बमोजिम झुटो विवरण दिई विदेशीले नागरिकता लिएमा एकदेखि पाँच वर्षसम्म कैद वा रु. पचास हजारदेखि रु. एक लाखसम्म जरिवाना वा दुवै सजाय व्यवस्था छ ।

यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

विज्ञहरू भन्छन् : सुरक्षा थ्रेट बढ्यो

जानकारहरूका अनुसार नेपालमा केही वर्ष यता भारतीय, बंगलादेशी र पकिस्तानी मुस्लिमहरूले नक्कली नागरिकता प्रमाणपत्र लिएर नेपालमा बसोबास गर्न कोशिस गरिरहेका छन् । यसले नेपाल असुरक्षा बढ्ने खतरा बढ्दै गएको छ ।

नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल भन्छन्, ‘विशेष गरी तराई क्षेत्रमा भारतीय, बंगलादेशी तथा पाकिस्तानी नागरिकले नक्कली कागजात पेश गरी नागरिकता लिने गरेको घटना आइरहेका छन् । यसरी नेपाली नागरिकता विदेशीको हातमा पुग्नु नेपालको सुरक्षाको लागि चुनौती हो ।’

अपराधशास्त्री माधव आचार्य यसरी अवैधरूपमा विदेशीको हातमा नेपाली नागरिकता पुग्नु सुरक्षामा चुनौती हुने बताउँछन् । आचार्य भन्छन्, ‘भारतीय सीमावर्ती क्षेत्रमा नागरिकताको मुद्दा निकै ठूलो समस्याको रूपमा देखिएको छ । अवैधरूपमा नेपाली नागरिकता विदेशीको हातमा पुग्नु सुरक्षाका हिसाबले हेर्दा डरलाग्दो कुरा हो ।’

अपराधबाट जोगिन नेपाल पस्ने र यतैको नक्कली नागरिकता लिनेहरूले त्यसको ठूलो दुरुपयोग गरिरहेको आचार्यको भनाइ छ । यसबाहेक नेपाली नागरिकका रूपमा लाभ लिने उद्देश्य पनि उनीहरूको हुने गरेको छ ।

नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल भन्छन्, ‘विशेष गरी तराई क्षेत्रमा भारतीय, बंगलादेशी तथा पाकिस्तानी नागरिकले नक्कली कागजात पेश गरी नागरिकता लिने गरेको घटना आइरहेका छन् । यसरी नेपाली नागरिकता विदेशीको हातमा पुग्नु नेपालको सुरक्षाको लागि चुनौती हो ।’

स्थानीय तहदेखि नै नागरिकतो प्रक्रिया व्यवस्थित र कडाइ गर्नुपर्ने उनको  भनाइ छ ।

खबरहबबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार