होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० हजार ८४३ नमुना परीक्षण गर्दा १७९० जनामा संक्रमण पुष्टि
समाचार

१० हजार ८४३ नमुना परीक्षण गर्दा १७९० जनामा संक्रमण पुष्टि

  • नागरिक रैबार
१० हजार ८४३ नमुना परीक्षण गर्दा १७९० जनामा संक्रमण पुष्टि

११ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको छ । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३९३ जनाको आईसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

विज्ञापन

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९२ जना, ललितपुरका १९० र भक्तपुरका ६५ जना छन् ।

यस्तै सुनसरीका ११० जना, कास्कीका ८३, मोरङका ७५, काभ्रे र कैलालीका ६१/६१ जना, बाँके र रुपन्देहीका ३८/३८ जना, दाङका ३६, झापा र बर्दियाका ३३/३३ जना, गोरखाका २५, चितवनका १७, धादिङका १५, सिन्धुपाल्चोक र तनहुँका १३/१३ जना, पाल्पाका ११, सप्तरी र अर्घाखाँचीका १०/१० जना, नवलपुर, कविलवस्तु र नवलपरासीका ९/९ जना, नुवाकोट र स्याङ्जाका ८/८ जना, पर्सा, रामेछाप र कञ्चनपुरका ७/७ जनामा संक्रमण देखिएको छ।

लमजुङका ६ जना, इलाम, उदयपुर, तेह्रथुम, धनकुटा, बारा, रौतहट, सिराहा, दोलखा र डडेलधुराका ५/५ जना, पाँचथर, गुल्मी, दैलेख र रुकुम पश्चिमका ३/३ जना, भोजपुर, संखुवासभा, सोलुखुम्बु, धनुषा, महोत्तरी, मकवानपुर, सिन्धुली, बाग्लुङ, प्युठान, सल्यान र हुम्लाका २/२ जना तथा ओखलढुंगा, खोटाङ, सर्लाही, रसुवा, पर्वत, म्याग्दी, कालीकोट, जाजरकोट, जुम्ला, अछाम, दार्चुला र बझाङका १/१ जनामा पनि संक्रमणपुष्टि भएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार