होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाबाट पूर्वगाविस अध्यक्ष र सशस्त्रका इन्सपेक्टरको मृत्यु
समाचार

कोरोनाबाट पूर्वगाविस अध्यक्ष र सशस्त्रका इन्सपेक्टरको मृत्यु

  • नागरिक रैबार
कोरोनाबाट पूर्वगाविस अध्यक्ष र सशस्त्रका इन्सपेक्टरको मृत्यु

प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पूर्वगाविस अध्यक्ष र सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङको पथरीस्थित तात्कालीन गाउँ विकास समितिका पूर्वअध्यक्ष तिलक बान्तवा राईको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ६६ वर्षीय राईको मंगलबार बिहान मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पथरी शनिश्चरे नगरपालिका- १ निवासी राईलाई २१ कात्तिकमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो ।

घरमै आराम गरिरहेकोमा श्वासप्रश्वासमा समस्या देखिएपछि राईलाई विराटमा पाँच दिनअघि भर्ना गरिएको अस्पतालले जनाएको छ । २०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई पछिल्लो समय सामाजिक गतिविधिमा सक्रिय थिए । राईका एक श्रीमती, चार छोरी र दुुई छोरा छन् ।

विज्ञापन

त्यस्तै, सोही मेडिकल कलेजमा कोरोना संक्रमणबाट एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । तेह्रथुम स्थायी घर भई ३ नं. सशस्त्र प्रहरीको कंकालिनी गण टंकीसिनुवरी मोरङमा कार्यरत प्रहरी निरीक्षक नविन बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाहेक अन्य दीर्घरोग नभएका ३३ वर्षीय उनको उपचारकै क्रममा सोमबार राति निधन भएको शसस्त्र प्रहरी बलले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि गत २६ कात्तिकमा उपचारका लागि विराट मेडिकल कलेजमा भर्ना गरिएका उनलाई २७ गते कोरोना पोजिटिभ देखिएको थियो ।

उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा सोमबार राति ११ बजेर २२ मिनेटमा मृत्यु भएको विराट मेडिकल कलेजका आइसोलेसन इञ्जार्च सुनिल देवले जानकारी दिए । कोरोना संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम नै गर्न छाडेको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार