होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आज विश्व अपाङ्गता दिवसऽ नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको टिप्पणी गरेका छन् । साथै उनले सत्ता गठबन्धनका नेता र वर्तमान सरकारले आफन्त पोस्नबाहेक केही काम नगरेको आरोप लगाए । एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत शुक्रवार डडेलधुराको अमरगढीमा आयोजित आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू आतङ्ककारी गतिविधिमा […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बाजुरा आउने भएका छन् । नेपाली काँग्रेस बाजुराको आयोजनामा यहि मंसिर १९ गते सदरमुकाम मार्तडीमा हुने वृहत आम सभालाई सम्बोधन गर्न महामन्त्री शर्मा बाजुरा आउन लागेको पार्टीका जिल्ला सभापति रामसिंह रावलले बताएका छन् । नेपाली काँग्रेस बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन मार्फत बाजुरामा काँग्रेसले मंसिर १९ […]
काठमाडौँ– सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्नका लागि यस वर्षको नारा नै ‘समुदायको नेतृत्वमा […]
नागरिक रैबार/बाजुरा १४ मंसिर।हिमाली गाउँपालिकाको धुलाचौरबाट बुढीनन्दा नगरपालिकाको कोल्टी तर्फ आउँदै गरेको जीप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ घर भएका अन्दाजी वर्ष २८ का मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरिक्षक किसोर सिंह ऐरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार विहिबार विहान करिव […]
आइतवारदेखि मौसम बदली भएपछि बाजुरा जिल्लामा चिसो बढ्न थालेको छ।यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्। जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास […]
८ मंसिर, पोखरा । लगातार दोस्रो खेल जित्दै बागमती प्रदेश पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती […]
काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि […]
धनगढी । सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् ।मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको […]
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा […]
नागरिक रैबार/बाजुरा ४ मसिर। नेकपा एमाले बाजुराले अनेरास्ववियुका स्वर्गिय नेता चेतन अयडीको सम्झनामा आज दिउसो स्मृति सभा गर्ने भएको छ । स्वर्गिय नेता अयडीको सम्झनामा पार्टी कार्यालय मार्तडीमा आज स्मृति सभा गर्न लागिएको सचिव भरत थापाले बताएका छन् । गत वर्ष भएको संघ र प्रदेश सभाको निर्वाचनको दिन मंसिर ४ गते चेतन अयडीको सामुहीक आक्रमण […]
राजेन्द्र बिक बाजुरा ,२मंसिर /बाजुरा,हुम्ला,जुम्ला र मुगु जिल्लाका उच्च हिमालि भेगमा स्थानिय भेडा पालक भोटेहरु चिसो बढ्न थालेपछि भेडा,च्याङ्रा सहित बेसी झर्न थालेका छन् । हिउँदे सिजनको चिसोयाम शुरु हुन थाले पछी हिमाली भेगमा बस्न मुस्किल हुनेभएपछि चिसो छल्न उनिहरु बेसी झर्न थालेका हुन् । बाजुराको हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ् भोटेले हिमाली भेगमा हिमपात […]
नागरिक रैबार/बाजुरा २३ कात्तिक ।बाजुरामा जारी अन्तरपालिका स्तरी प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिताकाे उपाधि मेल्लेख गाउँपालिका अछामले जितेकाे छ । बुढीगंगा नगरपालिकाद्वारा आयाेजित अन्तरपालिका स्तरीय भलिवल प्रतियाेगिताकाे आज भएकाे फाईनल खेलमा आदर्श गाउँपालिका डाेटीलाई हराउँदै मेल्लेख गाउँपालिकाले उपाधि जितेको हो। जितसँगै मेल्लेखले नगद १ लाख ५७ हजार ७ ७ सय ७७ सहित, ट्रफी, मेडल र […]
काठमाडौँ । जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ […]
नागरिक रैबार/बाजुरा २२ कार्तिक।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले भुकुम्प पीडित १ सय २५ जनाको अस्थायी आवास (घर) निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । गत असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकुम्पका कारण बाजुरामा करिव १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । भूकम्पका कारण सवैभन्दा बढी बुढीगंगा, त्रिवेणी […]
नागरिक रैबार/बाजुरा २१ कार्तिक।मार्तडीमा भुकम्प प्रतिकार्य कार्यक्रमको अभिमुखिकरण कार्यशाला गोष्टी सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम मार्तडी सम्पन्न भएको हो । असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट बाजुराका बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकामा पीडित बनेका ३ सय परिवारको व्यवस्थापनका लागि नगद […]
नागरिक रैबार/बाजुरा २१ कात्तिक । जिल्लाकाे हिमाली गाउँपालिकाको रयालाई केन्द्रव्निदु बनाएर आज मंगलबार मध्यान्ह १२ बजेर ५८ मिनेटमा ४ रेक्टरको भुकम्प गएको भुकुम्प मापन केन्द्र जनाएको छ । बाजुरामा गत जेठ २९ यता पहिलो पटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । लगातार भुकम्पको पराकम्पन आउन थालेपछि जिल्लाका स्थानीयहरु त्रिसित बन्दै गएका छन् । गएकाे असाेज […]
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक बुधबार दिउँसो १२ः४५ मा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पार्टीले चलाउन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे छलफलको मुख्य एजेन्डा छ । “मध्यपहाडी लोकमार्ग अभियानको कार्यक्रम तय गर्नु बैठकको मुख्य एजेन्डा छ,” उनले भने, “भूकम्प […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले रातोपाटीलाई जानकारी दिए । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले […]