होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समीक्षा
  • कर्णाली नदिले बगाएको बेर्मा–वालुवा जोड्ने झोलुङ्गे पुल निर्माण गरिदै
समीक्षा

कर्णाली नदिले बगाएको बेर्मा–वालुवा जोड्ने झोलुङ्गे पुल निर्माण गरिदै

  • नागरिक रैबार
कर्णाली नदिले बगाएको बेर्मा–वालुवा जोड्ने झोलुङ्गे पुल निर्माण गरिदै

नागरिक रैबार/बाजुरा १५ फागुन।बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका जोड्ने बेर्मामा स्थित कर्णाली नदिले बगाएको झोलुङ्गे पुल निर्माणका लागि अर्थ मन्त्रालयले साढे ३ करोड बजेट स्वीकृत गरेको छ ।

२०७९ असोज १९ देखि २४ गते सम्म परेको अबिरल बर्षाका कारण कर्णाली नदीमा आएको बाढीले जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक गाउँपालिकास्थित बेर्मा–वालुवा जोडने झोलुङ्गे बगाएको थियो ।

गाउँपालिकाका अध्यक्ष भरतबहादुर थापाको लामो समयको प्रयासपछि उक्त ठाउँमा करिव ३ सय मिटर लामो झोलुङगे पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट साढे ३ करोड बजेट स्वीकृत भएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

विज्ञापन

May be an image of 2 people

सस्पेन्सन बृज डिभिजन श्रीमहल योजनाका प्रमुख कुमार थापाको पहलमा बेर्मा–वालुवा झोलुङगे पुल निर्माणका लागि अर्थ मन्त्रालयले साढे ३ करोड बजेट स्वीकृत गरेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । गाउँपालिका अध्यक्ष रोकायाका अनुसार उक्त ठाउँमा पुल निर्माणका लागि छिट्टै टेण्डर आह्वान गरिनेछ ।

२ वर्ष अगाडि सो ठाउँको पुल कर्णाली नदिमा आएको बाढीले बगाएपछि स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नम्वर १ र २ साविकको साप्पाटा गाविसका नागरिकलाई बेर्मा बजार सम्म आउजाउ गर्न समस्या भएको थियो ।

स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिमा रहेको सोे पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि साविकको साप्पाटा गाविसका १ हजार घरपविार जगन्नाथ गाउँपालिकामा रहेको बेर्मा बजारको पहुँचसंग जोडिने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार