होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकमा बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द
समाचार

स्वामीकार्तिकमा बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

  • नागरिक रैबार
स्वामीकार्तिकमा बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

नागरिक रैबार/बाजुरा १७ माघ। बाजुराको  स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि  विद्यालय बन्द गरिएका छन् ।

स्वामीकार्तिक खापर– १ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाका अनुसार बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरेको र गाउँमा भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने तयारी भइरहेको छ ।  ।

विज्ञापन

भाइरल ज्वरो र रुखाखोकीले बालबालिका विरामी हुन थालेपछि थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको उनले बताएका छन् ।

एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो । अत्याधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन् ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले रुघाखोकी सरुवा रोग भएका कारण हावा र हाँछ्युका माध्मबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गरे ।

सङ्क्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खानेकुरा खाने, तातोपानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाँछ्यु गर्दा नाख, मुख छोप्ने र हिँडडुल गर्दा वा अन्य व्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने उनको सुझाब छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार