होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा महिलामाथि शृङ्खलाबद्ध हिंसा, अपराध बढेको बढ्यै
देश/प्रदेश

सुदूरपश्चिममा महिलामाथि शृङ्खलाबद्ध हिंसा, अपराध बढेको बढ्यै

  • नागरिक रैबार
सुदूरपश्चिममा महिलामाथि शृङ्खलाबद्ध हिंसा, अपराध बढेको बढ्यै

धनगढीः विश्वसूचना, प्रविधि र विकासले तीव्ररुपमा अघि बढिरेहको अवस्थामा सुदूरपश्चिममा माहिलामाथि दुर्व्यवहार, आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक यातना, हिंसा, हत्यामा अझै कमी आउन सकेको छैन। समाजमा यस्ता थुप्रै घटना भएका छन्। त्यसको थोरै मात्र सार्वजनिक हुने गरेको छ।

दैनिकजसो महिलामाथि कुटपिट, हिंसा, जबरजस्ती करणी, विभिन्न खालका यातना अझै पनि सहनुपरेको अवस्था छ। महिलामाथि हुने हिंसाविरुद्ध संसारभर महिला हिंसाविरुद्धको १६ दिने अभियान वर्षेनि सञ्चालन हुने गरेको छ। तर महिलाले अकालमै ज्यान गुमाउने र जबरजस्ती करणी जस्तो जघन्य अपराधमा परेर शारीरिक र मानसिक तनाब झेल्नुपरेको छ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो समयमा महिला र बालबालिकासम्बन्धी हिंसाको घटना डरलाग्दो तरिकाले बढ्दै गएको छ। सूचना प्रविधिको विकाससँगै हिंसाका नयाँ रुप फेरिएको छ र घटना बढ्दै पनि गएको छ। लैङ्गिक हिंसा दैनिक बढ्नुु, श्रीमानले श्रीमतीकै हत्या गर्नुको मुख्य कारण पारिवारिक आर्थिक सङ्कट र मदिरापानका कारण भएको मनोविद् पद्मप्रसाद घिमिरेको ठहर छ।

विज्ञापन

परिवारमा आर्थिक अवस्था कमजोर भएपछि हिंसा, हत्या, कुटपिट, झगडा हत्या र आत्महत्या हुने गरेको छ। पछिल्लो समयमा बालिकामाथि पनि हिंसा र आत्महत्याका घटना बढी देखिन लागेको छ। मनोविद् घिमिरेका अनुसार हिंसाको ८० प्रतिशत कारण आथिक नै हुने गरेको छ। यस्ता घटना न्यूनीकरणका लागि पारिवारिक एकता, सहसीलताको भावनाको विकास, घर र विद्यालय दुवैमा नैतिक शिक्षा दिनुपर्ने उनको भनाइ छ।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ। यसमा भनिएको छ, ‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन, त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।’

मौलिक हकअन्तर्गत नै धारा २१ मा अपराध पीडितको हकसम्बन्धी व्यवस्था छ। ‘अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाहीसम्बन्धी जानकारी पाउने हक हुनेछ, अपराध पीडितलाई कानुनबमोजिम सामाजिक पुनः स्थापना र क्षतिपूर्तिसहितको न्याय पाउने हक हुनेछ’, भनी व्यवस्था गरिएको छ। घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ मा पनि महिला हिंसा रोकथामका लागि व्यवस्था गरिएको छ। भएका कानुनको पूर्णरूपमा कार्यान्वयन हुन नसक्दा आज पनि महिला विभिन्न हिंसाको सिकार भइरहेका छन्।

बर्सेनि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मनाइरहँदा महिलामाथि हिंसा हुने क्रम रोकिएको छैन। आफ्नो बाँच्न पाउने अधिकारबाट महिला दिन प्रतिदिन वञ्चित हुँदै गएका छन्। कैलालीमा मात्र चालु आर्थिक वर्षको पाँच महिनामा गर्भपतन एक, बहुविवाहका १४, जबरजस्ती करणीका २६, अपरहरण तथा जबरजस्ती करणीका एक, जबरजस्ती करणी उद्योगमा ९ मानव बेचबिखन तथा जबरजस्ती करणीको एउटा घटना प्रहरीमा दर्ता भएको छ। यस्ता घटना जिल्लाभित्र वर्षेनि बढ्दै गएको प्रहरी अभिलेख छ।

प्रायः महिलाहरु आफ्नै घरपरिवारका सदस्यबाट पीडित बन्न पुगेको तथ्यांकले देखाएको छ। प्रदेशभित्र घरेलु हिंसाका घटना एकपछि अर्को बढ्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। प्रदेश प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म चार सय ६८ घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। प्रहरीमा दर्ता भएका निवेदनमध्ये ३८८ मुद्दाको मिलापत्र गरिएको छ। २३ वटा निवेदन भने अन्य निकायहरूमा पठाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ९ घरेलु हिंसाका निवेदन दर्ता भएका छन्। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार