होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् । पत्रकार […]
काठमाडौं : बितेको आर्थिक वर्षमा मुलुकले दुई खर्ब ६५ अर्ब ३७ करोड घाटा बेहोर्नु परेको छ । गत आर्थिक वर्ष २०७५–७६ मुलुकको चालु खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । यो घाटा गत आर्थिक वर्षमा विदेशी विनिमय कारोबारको आँकडा हो । चालु खाताअन्तर्गत वस्तु र सेवा व्यापार […]
नागरिक रैबार /बाजुरा १४ भदौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले मृृतकको परिवारलाई कालगति मृत्यु दावी भुक्तानी रकम हस्तान्त्रण गरेको छ । बडीमालिका नगरपालिका वडा नं. ७ का देबे दमाईको मिति २०७६ बैशाख २० गते एक्कासी बिरामी भई मृत्यू भएकोले निजको धर्मपत्नी धनमती दमाईलाई कालगती मृत्यु दाबी रकम रु.१ लाख ४२ हजार ७१३ रकम […]
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एकै पटक १४ वटा नयाँ शाखा विस्तार गरेको छ । यी शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले १४ नयाँ शाखाको उद्घाटन गरे । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ । यी हुन थपिएका शाखाहरुः
काठमाडौँ — सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा ७ अर्ब कम भएको छ । टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ । प्राधिकरणले चर्को प्रतिस्पर्धा, ओभर […]
२६ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष मनाउने अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई आग्रह गरेका छन् । भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो […]
राजेन्द्र बिक/ बाजुरा २५ साउन। पछिल्लो समयमा जिल्लाका अधिकाँस युवाहरु स्वदेश मा रोजगारी छैन भन्दै बिदेश पलायन भइराखेका बेला गौमुल गाउपालिका वडा न. ३ मानाकोट कि धनलक्ष्मी जोशीले भने कुखुरा पालन बाटै मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्नेे गरेकी छन् । बडीमालिका नगरपालिका वडा न.७ चुथीमा युवा जनचेतना पोल्ट्री फर्म नाम दिएर संचालनमा […]
अनिल शाही/बाजुरा ७ असार। बाजुराको कोल्टीमा स्थापना भएको राष्ट्रिय बाणिज्य वैंकले आज देखि ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन जडान गरेपछि अन्य निजि बैंकमा चेक समेत साँटिने भएका छन । राष्ट्रिय बािणज्य बैंक कोल्टीमा विभिन्न बैंकका चेकहरु आउने र सर्वसाधारण लाई अन्य बैंकका चेक साट्न समेत मार्तडी नेपालगन्ज लगाएत विभिन्न ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । सर्वसाधारणले […]
काठमाडौं- यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो। बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, […]
भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । यो नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको पि्रयिम […]
नागरिक रैबार/बाजुरा २५ असार ।बडीमालिका नगपालिका वडा नं ९ को कार्यलयले आर्थिक बर्ष २०७५÷०७६ मा जम्मा ३६ लाख पचास हजार रुपैया बिकास तर्फ खर्च गरेको छ । बस्ती स्तरबाट छनौट भएका १९ वटा योजनामा वडा कार्यलयले उक्त रकम विनियोजन गरिएको बडा अध्यक्ष विनोद कुमार विकले बताए । वडा कार्यलयले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि […]
नागरिक रैबार/बाजुरा १४ असार । सदरमुकाम मार्तडी बजार पूर्णरुपमा बन्द गरेर सबै व्यवसायीहरुले खानेपानी मर्मत गरेका छन् । शनिबार व्यवसायीहरुले एकदिनका लागि बजार पुरै बन्द गरेर सदरमुकाम मार्तडीको खानेपानीको मर्मत गरेका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार दिनप्रतिदिन बढदै गएपछि व्यवसायीहरुले शनिबार एकदिनका लागि बजार बन्द गरेर खानेपानी मर्मत गरेको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष […]
प्रमित विक/ बाजुरा १४ असार। बाजुराको सदरमुकाम मार्तडी बजार आज व्यवासायीहरुले एक दिनका लागि पूर्णरुपमा बन्द गरेका छन् । शनिबार विहानैदेखि सदरमुकाम मार्तडी भित्रका करिब ५ सय बढी व्यवासयीहरुले मार्तडी बजार एकदिनका लागि पूर्णरुपमा बन्द गरेका हुन् । यस अघि मार्तडी बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको दोश्रो शनिबार एकदिनका लागि सदमुकाम मार्तडी बजार बन्द गर्ने […]
सुर्खेत १ असार। कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको […]
काठमाडौँ, वैशाख १७- संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । […]
काठमाडौँ, वैशाख १९- मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ । उनीहरुले अनुमानित रु सात अर्ब कर छली गरेको […]
काठमाडौं,बैशाख १९- नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल […]
काठमाडौं,बैशाख २४- कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । यी तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कुषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरी उन्मोचन वा सिफारिस गरेका […]
चितवन, वैशाख २५– गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको ‘गण्डकी स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोबाइलबाट चलाउन सकिने सो सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोबाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् । GPRS/WIFI इन्टरनेट वा SMS कुनै पनि माध्यमबाट चलाउन सकिने उक्त सेवाबाट बायोमेट्रिक लगइन, […]
बैशाख २२, २०७६ विराटनगर, यहाँस्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष ०७५÷७६ को चैत मसान्तसम्ममा रु ६५ लाख ४७ हजार २०५ राजश्व सङ्कलन गरेको छ । कार्यालयले उक्त राजश्व नयाँ व्यापारी अनुमतिपत्र, नवीकरण, म्याद नाघेर नवीकरण जरिवाना र अन्य प्रशासनिक सेवा शुल्कबाट सङ्कलन गरेको कार्यालयका प्रमुख शम्भुकुमार झाले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्ष […]