होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बजार
  • व्यवसायीद्धारा मार्तडीबजार एकदिनका लागि बन्द, ग्राहक मर्कामा
बजार

व्यवसायीद्धारा मार्तडीबजार एकदिनका लागि बन्द, ग्राहक मर्कामा

  • नागरिक रैबार
व्यवसायीद्धारा मार्तडीबजार एकदिनका लागि बन्द, ग्राहक मर्कामा

प्रमित विक/ बाजुरा १४ असार।  बाजुराको सदरमुकाम मार्तडी बजार आज व्यवासायीहरुले एक दिनका लागि पूर्णरुपमा बन्द गरेका छन् ।
शनिबार विहानैदेखि सदरमुकाम मार्तडी भित्रका करिब ५ सय बढी व्यवासयीहरुले मार्तडी बजार एकदिनका लागि पूर्णरुपमा बन्द गरेका हुन् ।
यस अघि मार्तडी बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको दोश्रो शनिबार एकदिनका लागि सदमुकाम मार्तडी बजार बन्द गर्ने निर्णय गरेको थियो ।
बजार व्यवस्थापन समितिले बजार बन्द गर्ने निर्णय गरेसंगै आज शनिबार मार्तडी बजार पुरै बन्द गरिएको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताएका छन् । उनले भने आगामी दिनहरुमा पनि प्रत्येक महिनाको दास्रो शनिबार एकदिनका लागि बजार बन्द गर्ने निर्णय बजार व्यवस्थापन समितिको रहेको छ ।


महिनाको एकदिन बजार बन्द गरेर बडीमालिका नगरपालिकालाई स्वच्छ सफा बनाउन व्यापारीहरु समेत एकजुट भई मिलेर सरसफाई गर्ने र व्यक्तिगत सरसफाईका लागि पनि एकदिनका लागि बजार बन्द गरिने बजार व्यवस्थापन समितिले बताएको छ ।
सधै जसो चहल पहल भईरहने सदरमुकाम मार्तडीमा आज बजार बन्द भएपछि सुनशान देखिएको छ । शनिबार एकदिनका लागि व्यवसायीहरुले बजार पूर्ण रुपमा बन्द गरेपछि ग्राहकहरु भने मर्का परेका छन् ।
शनिबारकाे माैका छाेपेर केरा विक्रि गर्न आएकी बडीमालिका नगरपालिका १ कि सविना विकले भनिन शनिबार बजार बन्द भएको रहेछ आफुलाई थाहा भएन् । घण्टौ हिँडेर सदरमुकाममा केरा विक्री गर्न आएको थिए ग्राहक बजारमा कोही छैनन् अव घर फर्किन्छु उनले भनिन् ।


उनी जस्तै विदाको दिन पारेर सदरमुकाम मार्तडी बजारमा सामान किन्न आएका सयौं ग्राहकहरु बजार बन्द भएपछि रित्तो हात घर फर्केका छन् । व्यवसायीहरुले एकदिनका लागि बन्द गरेको बजार साँझ ५ बजे खुल्ने बजार व्यवस्थापन समितिले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार